ओखलढुंगा दुर्घटना अपडेट : ३ जना प्रहरीको मृत्यु, ६ जना घाइते
ओखलढुङ्गाको मानेभञ्ज्याङ ६ मा सवारी दुर्घटना हुँदा ३ जना प्रहरीको मृत्यु भएको छ । दुर्घटना आज बिहान साढे ८ बजे भएको हो । सोलुखुम्बुबाट विराटनगर आउँदै गरेको बा.१७ च १०९४ को बोलेरो दुर्घटना भएको हो ।
प्रहरीका अनुसार उक्त बोलेरो १५० मिटर तल खसेको थियो । बोलेरोमा सवार प्रहरी हवल्दार भूपेन्द्र कार्की र प्रहरी जवान मनिक राजवंशीको घटनास्थलमै मृत्यु भएको थियो । प्रहरी जवान रूपक विष्टको भने उपचारको क्रममा नेपाल प्रहरी अस्पताल काठमाडौँमा मृत्यु भएको हो ।
बोलेरो जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट प्रदेश प्रहरी कार्यालय विराटनगर आउँदै थियो । दुर्घटनामा परी प्रहरी निरीक्षक ऋषिराज ढकाल, प्रहरी सहायक निरीक्षक नवराज दाहाल, प्रहरी वरिष्ठ हवल्दार विशाल श्रेष्ठ, भूपेन्द्र खनाल र चालक लीलाप्रसाद खनाललाई उपचारको लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ लगिएको छ । घाइते भएका प्रहरी नायब निरीक्षक धनराज खतिवडालाई भने स्थानीय मेडिकलमा उपचार पश्चात् डिस्चार्ज गरिएको छ ।
बोलेरोको चालक पनि घाइते भएर काठमाडौँमा उपचारका लागि लगिएको छ । के कारणले दुर्घटना भयो र के कति क्षति भयो भन्ने कुराको विस्तृत विवरण आउन बाँकी छ । घटनाको अनुसन्धान भइरहेको ओखलढुंगाका प्रहरी निरीक्षक उद्धव पोखरेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
-
टीकापुरमा ‘अन्तर व्यवस्थापिका सम्मेलन’ हुने
-
काठमाडाैँ महानगरद्वारा शिक्षण अस्पताललाई उपकरण प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण