दैलेखमा सत्ता गठबन्धन दलहरूको सम्पर्क कार्यालय स्थापना
दैलेखमा सत्ता गठबन्धन दलहरूको जिल्ला निर्वाचन सम्पर्क कार्यालय स्थापना गरिएको छ । नेकपा (एकीकृत समाजवादी)का प्रदेश अध्यक्ष अमरबहादुर थापाले कार्यालयको उद्घाटन गरेका हुन् । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारी र निर्वाचनलाई प्रभावकारी बनाउने उद्देश्यसहित यो कार्यालयका स्थापना गरिएको अध्यक्ष थापाले रातोपाटीलाई जानकारी दिए ।
उनले भने, ‘अब गठबन्धनभित्रका दलहरूको अधिकांश गतिविधि साझा रुपमा यहीबाट हुनेछन् । दैलेखका धेरै ठाउँहरुमा एमालेलाई पराजित गर्ने तरिकाले हामीले तयारी गरिरहेका छौं ।’ कार्यालय उद्घाटन कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति मणिराम रेग्मी, माओवादी केन्द्रका प्रेम कटुवा, एकीकृत समाजवादीकी नेतृ पार्वती विशंखे, नारायण नगरपालिकाकी उपप्रमुख सावित्री मल्ल लगायतको उपस्थिति रहेको थियो ।
सत्ता गठबन्धनको सम्पर्क कार्यालयका रुपमा दैलेखमा कर्णालीमा पहिलो खोलिएको हो । दैलेखका सत्ता गठबन्धन दलहरुबीच गठबन्धन गरेर चुनावी मैदानमा होमिने सहमती यसअघि नै भैसकेको छ। सम्पर्क कार्यालयको ब्यानरमा गठबन्धनभित्रका सबै दलहरूको चुनाव चिन्ह समेत देखाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हजारौँ करार र ज्यालादारी कर्मचारी हटाएर सरकारले नीतिगत भ्रष्टाचार गर्दै छ : सांसद राई
-
सरकारमाथि प्रतिपक्षी सांसदले औँला ठड्याए, सत्तापक्ष प्रमाण माग्दै सरकारको बचाउमा
-
सम्पत्ति छानबिनमा सरकारले राजनीति गर्यो, आफ्ना मन्त्री र सांसदलाई जोगाउन खोजियो : शाही
-
देशभरका २१ वटा सडक प्रभावित
-
ट्रम्पले आईआरएस मुद्दाको दुरुपयोग गरेको अमेरिकी न्यायाधीशको ठहर
-
नेपालको बीमा बजारको आकार १० खर्ब नाघ्यो, ५१ प्रतिशत जनसङ्ख्यामा पहुँच
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण