शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

एक्लै चुनावमा जानु बुद्धिमानी देखिएन : कमल थापा

बिहीबार, ०१ वैशाख २०७९, ०० : ०१
बिहीबार, ०१ वैशाख २०७९

राप्रपा नेपालका अध्यक्ष कमल थापाले स्थानीय चुनावमा विभिन्न दलहरु तालमेल गरेर जाने भएपछि आफ्नो पार्टी एक्लै चुनावमा जानु बुद्धिमानी नदेखिएको बताएका छन् । सोही कारण एमालेसँग तालमेल गरेर सूर्य चिह्न लिएर चुनाव लड्ने निर्णय गरेको उनको भनाइ छ । 

उनले एमालेले आफ्नो पार्टीलाई स्वीकार गरेकामा प्रसन्नता पनि व्यक्त गरेका छन् । ‘राष्ट्रियता,आर्थिक समृद्धि र स्थिरताको कारण हामीले नेकपा (एमाले)सँग सहकार्य गर्ने निर्णय गरेका हौँ। नयाँ पार्टी भएपनि राप्रपा नेपालसँग सहकार्य गर्न तयार भएकोमा एमालेलाई धन्यवाद’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन् । 

उमेदवार नभएको स्थानमा पनि मतपत्रमा सबै पार्टीको चिन्ह रहने भएकाले मतपत्र बदर हुनबाट रोक्न एकै चिह्न लिने नि सहमति गरेको उनको भनाइ छ । उनले जितेपछि आफ्नै दलमा रहन पाउने कानुनी व्यवस्था रहेको पनि स्मरण गराएका छन् । आजै कमल थापाको राप्रपा नेपाल र एमालेबीच चुनावी तालमेलसम्बन्धी ५ बुँदे सहमति भएको थियो ।  

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप