विभाजित भएर चुनावमा जाने छुट हामी कसैलाई छैन : शेखर कोइराला
नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले स्थानीय तहको निर्वाचनमा विजय हासिल गर्न एकजुट भएर लाग्न आह्वान गरेका छन् । बिहीबार बिहान नयाँ वर्षको शुभकामना सन्देश जारी गर्दै चुनावका बेला विभाजित नहुन काँग्रेस नेता–कार्यकर्तालाई अपिल गरेका हुन्।
उनले भनेका छन्, ‘नयाँ वर्षलाई स्वागत गर्दा हाम्रो सङ्कल्प र अर्जुनदृष्टि काँग्रेसलाई तिनै तहको निर्वाचनमा विजयी बनाउने र नेपाली जनताको मुहारमा खुशी ल्याउने तर्फ केन्द्रित हुनुपर्नेछ । केन्द्रदेखि गाउँसम्म अब विभाजित भएर चुनावमा जाने छुट हामी कसैलाई छैन ।’
नयाँ वर्षसँगै देशमा चुनावी माहौल तात्ने भन्दै वर्षभरि नै विश्राम गर्ने समय नभएको कोइरालाले बताए । उनले भने, ‘हाम्रो क्रियाशीलतामा मात्र काँग्रेस र लोकतन्त्रको भविष्य सुनिश्चित हुनेछ । नेपाली काँग्रेसका हामी सिपाहीले यो वर्षलाई ‘चुनावी वर्ष’ का रूपमा लिनु पर्नेछ ।’
विरोधीहरु बलिया र संगठित रहेको भन्दै काँग्रेस एक हौँ भन्ने सन्देश निर्वाचन वर्षको पहिलो नारा हुनुपर्ने बताए । ‘म तपाईँहरूबाट यही अपेक्षा गर्दछु । हामी बीचका मतभेद र मतभेदहरू पार्टीको आन्तरिक जीवनको विषय हो र त्यस विरुद्ध हामी पार्टी भित्रै छलफल, बहस र छिनोफानो गर्दै गरौँला’ उनले लेखेका छन् ।
पार्टीभित्र भएका अन्यायपूर्ण निर्णय, काखा र पाखा गरिने प्रवृत्ति विरुद्ध पनि संघर्ष गरिरहने उनको भनाइ छ । ‘उम्मेदवार तय गर्दा निष्पक्षताको लागि हामी लड्ने छौँ । तर प्रत्येक अनुकूल र प्रतिकुल परिस्थितिमा पनि हामी व्यक्तिगत महत्वाकांक्षा र स्वार्थलाई त्यागी एक भएर विरोधीसँग लड्ने छौँ भनी प्रण गर्नु आजको आवश्यकता हो’ कोइरालाको शुभकामना सन्देशमा भनिएको छ ।
निर्वाचनको समयमा र पछि पनि आफू कार्यकर्ताको घर आँगनमा आएर भेटघाट, छलफल र बहस गर्ने उनले बताए । इतिहासले फेरि एक पटक काँग्रेसलाई नवजीवन सञ्चार गर्ने गहन जिम्मेवारी सुम्पिएको उनको भनाइ छ ।
‘स्थानीय निर्वाचनबाटै काँग्रेसको विजयी अभियानको हामी सबै सारथी बनौँ । अन्तमा, नयाँ वर्षले तपाईँको व्यक्तिगत जीवन र परिवारमा सुख शान्ति प्राप्त होस भन्दै फेरी एक पटक शुभकामना व्यक्त गर्न चाहन्छु कोइरालाले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण