फिल्म ‘कैदीको पत्र’को फस्र्टलुकमा सार्वजनिक
नेपाली कथानक फिल्म ‘कैदीको पत्र’ले नयाँ बर्ष ०७९ को अवसर पारेर बिहिबार फस्र्टलुक स्वरुप तीन फरक–फरक पोस्टर सार्वजनिक गरेको छ । सनमकुमार बैैराग निर्देशित फिल्मको प्रदर्शन मिति भने केही समयभित्रै तय हुनेछ ।
साहित्यकार स्व. इश्वर मानन्धरको चर्चित कथा ‘कैदीको पत्र’ मा आधारित फिल्मको पटकथा र सम्वाद निर्देशक बैरागकै हो । सन् २०१९ को जुलाइमा सुटिङ सम्पन्न भएको फिल्म स्कटल्याण्डको क्रिफ, आवरफेल्दी, केनमोर, ओवन, किलिड्ग, ग्लास्को लगायतका स्थानमा खिचिएको हो । फिल्ममा बेलायती कलाकार माडिशन लाजारोश, क्यारी डुड्स, लरेन्स वेस्टवरी, फस्तासका साथमा सुवर्ण थापा, सलिना थापामगर, कुनाल बिश्व, पृथ्वीराज खत्री, चरण प्रधान, मनिष श्रेष्ठ, प्रसुना कँडेल, सुस्मिता थापा, बिभिया श्रेष्ठ, बिजया श्रेष्ठ, कलिना श्रेष्ठ तथा बालकलाकार किरण कार्की र तपस्या शिवाकोटीकाे अभिनय छ ।
बेलायतका लागि तत्कालीन नेपाली राजदूत दुवसु क्षेत्री समेत राजदुतकै भूमिकामा अभिनीत चलचित्र कोरोना महामारीका कारण प्रदर्शन हुन सकेको थिएन । ३५ प्रतिशत अंग्रेजी भाषामा रहेको फिल्म प्रेम, पारिवारिक सम्बन्ध जस्ता सम्बेदनशील बिषयमा केन्द्रित रहेको निर्देशक बैरागले बताए । रामेश्वर कार्कीको छायांकन रहेको फिल्मको निर्माता हिराल जोशी, नानी हेरा, कैलाश बिश्वकर्मा र दील घले हुन् ।
निर्देशक बैरागकै गीत, कबिराज गहतराजको कोरियोग्राफी, सम्राट बस्नेतको द्धन्द्ध निर्देशन तथा बिनम्र कर्माचार्य र सुरेश सेन्चुरीको संगीत रहेको फिल्म भिजन संसारको प्रस्तुतिमा बिरञ्जना इन्टरटेन्मेन्ट, महारानी इन्टरटेन्मेन्ट युके र मुभी मेकर्स क्लवले निर्माण गरेको हो । फिल्मको बितरण आरआर फिल्मस्ले गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
-
शनिबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
-
दाङमा ट्राफिक प्रहरीद्वारा १ करोड ५० लाख भन्दा बढी राजश्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण