राष्ट्रपतिद्वारा कलाकर्मीलाई विभूषित
राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नेपाली कलाक्षेत्रका करिब दुई दर्जन कलाकर्मी विभूषित भएका छन् । विभिन्न क्षेत्रमा रही उत्कृष्ट कार्य गर्नलाई बिहिबार राष्ट्रपति भण्डारीले मानपदवी प्रदान गरेकी हुन् ।
राष्ट्रपतिबाट मानपदवी प्राप्त गर्नेमा बरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटा सहित बिभिन्न कलाकर्मी रहेका छन् । संगीतकार बाँस्कोटाले सुकिर्तिमय राष्ट्रदीप प्राप्त गरेका हुन् । त्यस्तै सुप्रबल जनसेवा श्रीबाट गीतकार कालीप्रसाद रिजाल र अभिनेत्री गौरी मल्ल विभूषित भएका छन्, भने प्रबल जनसेवा श्रीबाट लोक गायिका विष्णु माझी, गायक–गीतकार तथा संगीतकार कस्तुप पन्त, कलाकार तथा निर्माता नवल खड्का, कलाकार प्रकाश घिमिरे, कलाकार तथा निर्देशक रमेश बुढाथोकी, निर्देशक दीपाश्री निरौला, कलाकार हेमन्त बुढाथोकी, दोहोरी गायक चन्द्र प्रसाद शर्मा, दोहोरी गायक कुलेन्द्र विश्वकर्मा, गायिका देविका प्रधान, अभिनेत्री केकी अधिकारी, अभिनेता अनमोल केसी, गायक प्रकाश सपूत, गायक हेमन्त शर्मा लगायत रहेका छन् ।
सोही अवसरमा हाँस्य कलाकार कमल गाउँले, नृत्यकार महेश प्रकाश हाडा, गायक नविन कुमार पौड्याल, कलाकार सुजल बम, नृत्यकार तेरिया फौजा मगर, कलाकार शिव शंकर रिजाल, निर्माता राजकुमार राई, मैथिली कलाकार रन्जु झा लगायत समेत विभूषित भएका थिए । संविधान दिवसको अवसरमा घोषणा भएका विभिन्न मानपदवी बिहिबार प्रदान गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
-
शनिबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
-
दाङमा ट्राफिक प्रहरीद्वारा १ करोड ५० लाख भन्दा बढी राजश्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण