पाल्पामा बस दुर्घटना हुँदा ५ जनाको अवस्था गम्भीर
शुक्रबार, ०२ वैशाख २०७९, १९ : २५

पाल्पामा बस दुर्घटना हुँदा दुई जनाको अवस्था चिन्ताजनक रहेको छ । शुक्रबार जिल्लाको रैनादेवि छहरा गाउँपालिका–६ बल्ढेठाँटी धारापौवा भन्ने स्थानमा ग १ ख ४९०२ नम्वरको बस दुर्घटना हुँदा अन्दाजी ४० देखि ४५ वर्ष उमेर समुहका बेदबहादुर जिसी र अर्का एक बालकको अवस्था चिन्ताजनक रहेको छ ।
एक जना पुरुष र १० देखि १५ वर्ष उमेर समुहका ४ जना बालबालिकाको अवस्था गम्भीर रहेको पाल्पाका प्रहरी प्रमुख एसपी जनक शाहीले जानकारी दिए । उनका अनुसार उक्त बस पानी डाँडाबाट जुठेपौवा तर्फ जाँदै थियो । बस करिब ४० मिटर तल खसेको उनले बताए । घटना स्थलमा पुगेका पाल्पाका डिएसपी बिरेन्द्र थापाले सबैको अवस्था गम्भीर रहेको र बाटोमा ल्याइँदै गरेको बताए । प्रहरीका अनुसार बसमा ६ जना मात्रै सवार थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरी गाउँपालिकाको बजेट ४३ करोड ९४ लाख
-
बाँदर नियन्त्रण गर्न सामुदायिक वनमा फलफूल खेती गरिने
-
नेपाली युवाले अष्ट्रेलियामा बनाए ‘ऋ प्रो’ एप
-
१२ बजे १२ समाचार: नागार्जुनका मेयर दोषी ठहर, ग्वार्काे ओभरपास सञ्चालनमा
-
गैँडाकोटले घरेलु मदिरालाई व्यावसायीकरण गर्ने
-
आयोजक स्कटल्यान्डलाई त्रिकोणात्मक सिरिज, नेपाल पराजित