पाल्पामा बस दुर्घटना हुँदा ५ जनाको अवस्था गम्भीर
शुक्रबार, ०२ वैशाख २०७९, १९ : २५
पाल्पामा बस दुर्घटना हुँदा दुई जनाको अवस्था चिन्ताजनक रहेको छ । शुक्रबार जिल्लाको रैनादेवि छहरा गाउँपालिका–६ बल्ढेठाँटी धारापौवा भन्ने स्थानमा ग १ ख ४९०२ नम्वरको बस दुर्घटना हुँदा अन्दाजी ४० देखि ४५ वर्ष उमेर समुहका बेदबहादुर जिसी र अर्का एक बालकको अवस्था चिन्ताजनक रहेको छ ।
एक जना पुरुष र १० देखि १५ वर्ष उमेर समुहका ४ जना बालबालिकाको अवस्था गम्भीर रहेको पाल्पाका प्रहरी प्रमुख एसपी जनक शाहीले जानकारी दिए । उनका अनुसार उक्त बस पानी डाँडाबाट जुठेपौवा तर्फ जाँदै थियो । बस करिब ४० मिटर तल खसेको उनले बताए । घटना स्थलमा पुगेका पाल्पाका डिएसपी बिरेन्द्र थापाले सबैको अवस्था गम्भीर रहेको र बाटोमा ल्याइँदै गरेको बताए । प्रहरीका अनुसार बसमा ६ जना मात्रै सवार थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण