शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

चाँदीको गहना र मोटरसाइकलसहित एक जना भारतीय नागरिक पक्राउ

शनिबार, ०३ वैशाख २०७९, ०८ : ३८
शनिबार, ०३ वैशाख २०७९

बारा जिल्लास्थित सशस्त्र प्रहरीको गस्ती टोलीले चाँदीका गरगहना र मोटरसाइकलसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । स्थानीय पचरौता नगरपालिका–६ पकडियास्थित भारतबाट नेपालतर्फ मोटरसाइकलमा आउँदै गरेका भारतीय नागरिकलाई चेकजाँचको क्रममा पक्राउ परेको हो ।

पक्राउ पर्नेमा भारतको बिहार मोतिहारी जिल्ला झांझरा पंचायत ३ बडहर्वाका २८ वर्षीय शैलेस साह छन् । उनको साथबाट एक किलो दुई सय ग्राम चाँदीका गहना र बीआर ०५ एबी ११६६ नम्बरको मोटरसाइकल बरामद गरिएको सशस्त्र प्रहरी मधेस प्रदेश प्रमुख तथा छिनमस्ता बाहिनीका डीआईजी गणेश ठाडा मगरले रातोपाटी लाई बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप