रातोपाटी डटकमको प्रधानसम्पादकमा फेरि सिम्खडा
रातोपाटी डटकमको प्रधानसम्पादकमा जिवेन्द्र सिम्खडा नियुक्त भएका छन् । रातोपाटीको प्रकाशक संस्था डिस्कभरी न्युज नेटवर्कले सिम्खडालाई प्रधानसम्पादकमा नियुक्त गरेको हो । अध्यक्ष विजया शर्माले प्रधानसम्पादक अरुण बरालले २ वैशाखमा दिएको राजीनामा स्वीकृत गरी सिम्खडालाई शनिबार प्रधानसम्पादकको रुपमा स्वागत गरेकी हुन् । सिम्खडा रातोपाटीका पूर्व प्रधानसम्पादक हुन् । २१ साउन २०७५ देखि प्रधानसम्पादक रहेका सिम्खडा ९ चैत २०७७ देखि बराललाई पद हस्तान्तरण गरेर सल्लाहकार सम्पादकको भूमिकामा रहेका थिए ।
रातोपाटीको केन्द्रीय कार्यालय कुपण्डोलमा आयोजित कार्यक्रममा निवर्तमान प्रधानसम्पादक अरुण बरालको बिदाइसमेत गरिएको छ । कार्यक्रममा संस्थाका अध्यक्ष विजया शर्माले बराललाई एक वर्षभन्दा लामो अवधिसम्म रातोपाटीमा रहेर पुर्याएको महत्त्वपूर्ण योगदानका लागि धन्यवाद दिँदै आगामी यात्राको उत्तरोत्तर प्रगतिको कामना गरिन् ।

कार्यक्रममा संस्थापक प्रधानसम्पादक ओम शर्मा, प्रबन्ध निर्देशक अर्जुन पन्तसहित विभागीय प्रमुखहरु र पत्रकारहरुको सहभागिता रहेको थियो । पदभार ग्रहण गर्दै प्रधानसम्पादक सिम्खडाले आफूले टीमवर्कमा विश्वास राख्ने बताए । संस्थाको इज्जत बढे संस्थामा आवद्ध व्यक्तिको पनि इज्जत बढ्ने भन्दै उनले सबै सहकर्मीलाई लगनशील, इमान्दार र सिर्जनशील भई कार्यसम्पादन गर्न आग्रह गरे ।
धादिङको दार्खामा जन्मिएका सिम्खडाले २०४६ सालको जनआन्दोलन सघाउन निकालिएको समालोचना दैनिकबाट पत्रकारिता सुरु गरेका थिए । जनमञ्च साप्ताहिक, कान्तिपुर दैनिक, स्पेसटाइम दैनिक, राजधानी दैनिक, समय साप्ताहिक लगायतका पत्रपत्रिकामा काम गरेका सिम्खडा अन्नपूर्ण पोस्ट दैनिकको सम्पादक पनि रहिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण