इमरान खानले भने - राति १२ बजे अदालत बोलाउन मैले के अपराध गरेको थिएँ ?
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले शनिबार राति कराँचीमा एक र्यालीलाई सम्बोधन गरेका छन् । बाग–ए–जिन्नामा भएको उक्त र्यालीलाई सम्बोधनको सुरुवातमा नै उनले आमजनतालाई विशेष विषय बताउन चाहेको बताएका थिए ।
उनले भाषणको सुरुवातमा नै भने,‘यो विषय बालबालिकाको भविष्यका लागि मात्र होइन, न्यायको मात्र पनि होइन, यो विषय पूरै पाकिस्तानको हो ।’ उनले सर्वोच्च अदालतको फैसला निकै तनावग्रस्त भएको उल्लेख गर्दै भने, ‘मैले सर्वोच्च अदालतको फैसला स्वीकार गरेँ । तर, मेरा हातहरु बाँधिए । यतिसम्म कि मलाई कुन समय भोटिङ गर्ने भनेर समेत सम्झाइयो ।’ उनले अगाडि भने,‘मैले के अपराध गरेको थिएँ र राति १२ बजे अदालत खुलाइयो ?’
‘जब राजनेताहरूको खरिद–बिक्रीको बजार लगाइएको थियो भने न्यायपालिका आफैले निवेदन लिन आवश्यक थिएन र ?’ इमरान खानले न्यायपालिकालाई प्रश्न गरेका छन् ।
बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण