आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

इमरान खानले भने - राति १२ बजे अदालत बोलाउन मैले के अपराध गरेको थिएँ ?

आइतबार, ०४ वैशाख २०७९, ०७ : ५१
आइतबार, ०४ वैशाख २०७९

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले शनिबार राति कराँचीमा एक र्‍यालीलाई सम्बोधन गरेका छन् । बाग–ए–जिन्नामा भएको उक्त र्‍यालीलाई सम्बोधनको सुरुवातमा नै उनले आमजनतालाई विशेष विषय बताउन चाहेको बताएका थिए । 

उनले भाषणको सुरुवातमा नै भने,‘यो विषय बालबालिकाको भविष्यका लागि मात्र होइन, न्यायको मात्र पनि होइन, यो विषय पूरै पाकिस्तानको हो ।’ उनले सर्वोच्च अदालतको फैसला निकै तनावग्रस्त भएको उल्लेख गर्दै भने, ‘मैले सर्वोच्च अदालतको फैसला स्वीकार गरेँ । तर, मेरा हातहरु बाँधिए । यतिसम्म कि मलाई कुन समय भोटिङ गर्ने भनेर समेत सम्झाइयो ।’ उनले अगाडि भने,‘मैले के अपराध गरेको थिएँ र राति १२ बजे अदालत खुलाइयो  ?’

‘जब राजनेताहरूको खरिद–बिक्रीको बजार लगाइएको थियो भने न्यायपालिका आफैले निवेदन लिन आवश्यक थिएन र ?’ इमरान खानले न्यायपालिकालाई प्रश्न गरेका छन् । 

बीबीसी 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप