शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

फ्लोरमा ‘२ नम्बरी’

आइतबार, ०४ वैशाख २०७९, १४ : १९
आइतबार, ०४ वैशाख २०७९

फिल्म ‘२ नम्बरी’ को छायांकन फेरि सुरु भएको छ । शनिबारबाट कास्कीको ल्वाङ गाउँदेखि फिल्मको छायांकन सुरु भएको हो । २० दिनको सुटिङ सेड्युल राखेर फिल्मको फेरि छायांकन सुरु गरिएको निर्देशक दीपेन्द्र लामाले बताए ।
फिल्मको छायांकन दुई साता ल्वाङ गाउँमा र त्यसपछि पोखरामा हुनेछ । कोरोना महामारीले पटक–पटक प्रभावित भएको फिल्म अव भने फटाफट छायांकन हुने निर्देशक लामाले जानकारी दिए । फिल्मका पहिले भन्दा केही कलाकार परिवर्तन भएका छन् । जसमा अभिनेता पल शाहको स्थानमा अभिनेता सौगात मल्ल र अभिनेत्री बर्षा राउतको ठाउँमा अर्की अभिनेत्री उपासना सिंह ठकुरी भित्रिएका छन् । फिल्ममा गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) पनि निर्माताको रुपमा भित्रिएका छन् ।

आगामी कात्तिक ४ गते प्रदर्शन मिति तय भएको फिल्मका कार्यकारी निर्माता किरण नेपाली हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप