प्रियंकाजी फिल्मको प्रचारमा विभेद किन ?
नेपाली फिल्मको व्यवसाय दिन प्रतिदिन गिर्दाे छ । त्यसो हुनुको कारण केही हदसम्म फिल्मकर्मीको व्यवहार पनि हो । केही फिल्मकर्मी मेकर हेरेर आफूले अभिनय गरेको फिल्मका लागि फरक फरक व्यवहार देखाउन थालेका छन् ।
जसको जल्दोबल्दो उदाहरण अभिनेत्री प्रियंका कार्कीलाई लिन सकिन्छ । प्रियंकाले आफ्नै अभिनय रहेको दुई फिल्म ‘हेल्लो जिन्दगी’ र ‘लक्का जवान’ लाई फरक व्यवहार देखाएकी छन् । केही साता अगाडि रिलिजमा आएको फिल्म ‘हेल्लो जिन्दगी’ प्रदर्शन समयमा समेत फिल्मको साथ नदिएकी उनी वैशाख २३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘लक्का जवान’ को भने प्रचारमा खुलेर हिँडन थालेकी छन् ।
फिल्म ‘हेल्लो जिन्दगी’ को प्रचारको समय प्रियंकाले साथ नदिएको गुनासो निर्देशक एभरेष्ट सूर्य बोहोराले गरेका थिए । फिल्म ‘हेल्लो जिन्दगी’ को प्रचारमा नहिडेको प्रियंका ‘लक्का जवान’को प्रचारमा भने एक महिना अगावैदेखि हिड्न थालेकी छन् । उनी यसै साता ‘लक्का जवान’को प्रचारमा कमेडी क्लब पुगेकी हुन् । उनी ‘लक्का जवान’को प्रचारमा हिड्नुलाई प्रियंकाले मेकरको मुख हेरेर फिल्मको प्रचारमा हिँडेको आरोप लाग्न थालेको छ । कतिपय फिल्मकर्मीले त प्रियंकाले फिल्मको प्रचारमा विभेद गर्न थालेको चिन्ता व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
-
शनिबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
-
दाङमा ट्राफिक प्रहरीद्वारा १ करोड ५० लाख भन्दा बढी राजश्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण