बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

मधेश प्रदेशमा गठबन्धनको बैठक सुरु

आइतबार, ०४ वैशाख २०७९, १७ : ४९
आइतबार, ०४ वैशाख २०७९

चुनावी तालमेलबारे छलफल र आवश्यक निर्णय लिन मधेस प्रदेशमा सत्ता गठबन्धनको बैठक सुरु भएको छ । आज बिहान ८ बजे जनकपुरमा बैठक डाकिएको बैठक ढिलागरी साँझ ५ बजेदेखि सुरु भएको छ ।

नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले तयारी नपुगेको भनेकाले बैठक ढिलागरी सुरु भएको हो ।

पछिल्लोपटक बसेको सत्ता गठबन्धनको बैठकले वैशाख ४ गतेसम्म प्रतिवेदन पेश गर्न प्रदेशलाई निर्देशन दिएको थियो । केन्द्रको त्यही निर्देशनअनुसार आइतबार फेरि प्रदेश अध्यक्षहरूको बैठक समेत बस्दैछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप