पल प्रकरणमा ‘पीडित’को प्रतिकुल बकपत्र : भनिन्–‘करणी भएकै छैन’

जबरजस्ती करणीको मुद्दा खेपिरहेका चलचित्र अभिनेता पल शाहको मुद्दामा आइतबार जिल्ला अदालत तनहुँमा पीडित नाबालिगको बकपत्र गरिएको छ । २०७८ फागुन फागुन १५ मा पक्राउ परेका शाह अदालतको आदेशले पुर्पक्षका लागी थुनामा छन् ।
‘पीडित’ नाबालिगले प्रतिकुल बकपत्र गरेकी छिन् । पीडितले जाहेरीमा उल्लेख गरेको विवरण भन्दा फरक बकपत्र गरेको तनहुँ जिल्ला अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले रातोपाटीलाई बताए । १७ वर्षीया बालिकाले म्युजिक भिडियो छायाङ्कनका क्रममा आफूसँग नजिकिएका शाहले पटक–पटक बलात्कार र यौन दुर्व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएकी थिइन् । तर, आइतबार उनले अदालतमा भनेकी छिन्–‘करणी भएको होइन ।’
बकपत्रमा उनले सँगै बसेको कुरा पनि अस्वीकार गरेकी छिन् । फागुन ११ मा बालिकाले दिएको जाहेरीमा २०७८ वैशाख १४ मा तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडा स्थित प्रदीप थापाको घरमा पलले बलात्कार गरेको जिकिर गरिएको थियो । तर, बकपत्र गर्दा पीडितले ‘फरक कोठामा बसेको र करणी नभएको’ बताएकी छिन् ।
श्रेस्तेदार कुँवर भन्छन्–‘उहाँले प्रतिकुल बकपत्र गर्नुभएको छ, नाबालिगको बुवाको बकपत्र गर्न बाँकी छ ।’ पीडितका बुबा जिल्ला अदालत तनहुँमा हाजिर भएका छन् । यसअघि पीडितले पल शाह (पूर्णविक्रम शाह)ले तनहुँ स्थित प्रदीप थापाको घरमा आफूलाई बलात्कार गरेको दाबी गरेकी थिइन् ।
नाबालिगले शाह विरुद्ध पूर्वी नवलपरासी प्रहरी कार्यालयमा पनि उजुरी गरेकी थिइन् । जिल्ला अदालत पूर्वी नवलपरासीले पनि उनलाई पुर्पक्षका लागी थुनामा पठाउन आदेश गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्लबमा आक्रमणको आरोप, गायक क्रिस ब्राउन हिरासतमा
-
गलत विचारका आधारमा वाम एकता हुन सक्दैन : प्रधानमन्त्री
-
गाजामा इजरायली आक्रमणमा मर्नेको संख्या २५० नाघ्यो
-
प्ले–अफ चरणमा पुग्न आतुर बेंगलुरु र ‘गर या मर’ को स्थितिमा रहेको कोलकाताको भिडन्त
-
आईपीएल : कुन टोलीका विदेशी खेलाडीहरु उपलब्ध छन् ? (सूचीसहित)
-
के छैन नेपालमा !