नयनराजको ‘उलार’ अब नाटकमा
सोमबार, ०५ वैशाख २०७९, १३ : २६
नयनराज पाण्डे चर्चित उपन्यास ‘उलार’ अब नाटकमा देख्न पाइने भएको छ । टेकुस्थित कौशी थिएटरले ‘उलार’ नाटकमा मञ्चन गर्न लागेको हो । वैशाख ६ अर्थात मंगलबारबाट मञ्चन हुने नाटक चे शंकरको निर्देशन र परिकल्पना रहेको छ । सरिता गिरी, सबिर चुरोट, अरुण शर्मा, सञ्जय गुप्ता, शेखर चापागाईँ लगायत मुख्य भूमिकामा छन् । नाटक मञ्चनमा सहकार्य गार्डेन थिएटरले पनि गरेको छ ।
२५ वर्षअघि प्रकाशित ‘उलार’ नेपालगञ्जको परिवेशमा लेखिएको स्थानीय नागरिकको संघर्षको कथामा छ । यो कृति लेखक पाण्डेको महत्वपूर्ण कृति हो । शंकरको निर्देशनमा यसअघि सेम टाइम नेक्स इयर, लुक ब्याक इन एंगर, तिर्खा, ऊ मरेकी छैन, कोही किन बरबाद होस्, मिस्टर फक्स एण्ड स्कुल ब्वायलगायत नाटक मञ्चन भएका थिए । नाटक बैशाख १८ सम्म मञ्चन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
-
शनिबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
-
दाङमा ट्राफिक प्रहरीद्वारा १ करोड ५० लाख भन्दा बढी राजश्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण