चीनको सांघाइमा कोभिडबाट थप ७ जनाको मृत्यु
चीनको सांघाईमा कोभिड–१९ बाट थप सात जनाको मृत्यु भएको छ । संक्रमणबाट मृत्यु भएका व्यक्तिहरू ६० देखि १०१ वर्ष उमेर समूहका छन् । उनीहरूको स्वास्थ्यसम्बन्धी अन्य समस्या पनि रहेको बताइएको छ । यसअघि सोमबार अधिकारीहरूले सांघाइमा कोभिडबाट ३ जनाको मृत्यु भएको बताएका थिए । सांघाइमा मंगलबार २० हजार ४१६ जना नयाँ संक्रमित फेला परेका छन् ।
बेइजिङले शून्य–कोभिड नीतिलाई जोड दिँदै आएको छ । संक्रमण घटाउन उसले लकडाउन, सामूहिक परीक्षण, लामो क्वारेन्टाइन र कडा प्रतिबन्ध जस्ता उपायहरू अबलम्बन गर्दै आएको छ । तर, प्रतिबन्धकाबाबजुद पछिल्लो समयमा संक्रमण दर बढिरहेको छ ।
सरकारले सार्वजनिक गरेको आधिकारिक तथ्यांकमा केहीले शंका गरेका छन् । उनीहरूका अनुसार देशको बढ्दो बृद्ध जनसंख्यामा खोप दर न्यून छ । सांघाईका ६० वर्षमाथि दुई तिहाइभन्दा बढीले पूर्ण खोप लगाएका र करिब ४० प्रतिशतले बुस्टर डोज लगाएका स्वास्थ्य अधिकारीहरूले आइतबार बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण