नेप्सेमा दोहोरो अंकको सुधार, कारोबार बढ्न सकेन
मङ्गलबार, ०६ वैशाख २०७९, १५ : ४२
लामो समयको करेक्सनपछि मंगलबार सेयर बजार परिसूचक नेप्सेले दोहोरो अंकको सुधार आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से सूचक १३.३७ अंकले बढ्दै २३ सय ५७.२४ अंकमा उक्लिएको हो ।
अघिल्लो दिन यस्तो सूचक अधिकतम ४१ अंकले घट्दै २३ सय ४३ अंकमा अडिएको थियो । तर यस दिन दोहोरो अंकले सूचक बढेपनि कारोबार भने बढ्न सकेन । १३ अंकमाथिले बढेको नेप्सेमा जम्मा एक अर्ब ३२ करोड ६८ लाख रुपैयाँ बराबरको मात्र कारोबार भएको छ ।
यद्यपि, आज १३ वटै उपसूचकहरु धनात्मक भएका छन् । होटल तथा पर्यटन समूहको उपसूचक अधिकतम १.०४ प्रतिशतले बढेको छ भने अन्य १२ वटा समूहको उपसूचक ०.०४ प्रतिशतदेखि ०.८२ प्रतिशतसम्मले बढेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण