वृत्तचित्र ‘राजद्रोही राजनेता’ प्रदर्शन
वीपी कोइरालाको जीवनीका घटनामा आधारित वृत्तचित्र ‘राजद्रोही राजनेता’को प्रदर्शन गरिएको छ । मंगलबार पर्यटन बोर्ड भृकुटीमण्डपमा गरिएको प्रदर्शनीमा पत्रकार, राजनीतिक व्यक्तित्व लगायतले वृत्तचित्र हेरेका हुन् ।
सुशील कोइराला मेमोरियल फाउन्डेसन र अन्वेषण न्युज डट कमको सहकार्यमा निर्माण गरिएको वृत्तचित्रमा प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको विसं २०३१ देखि २०३६ सम्मका घटना समेटिएको छ । वृत्तचित्रमा मुलुकमा प्रजातन्त्र स्थापनाका खातिर वीपीले लिएको राष्ट्रिय मेलमिलापको नीति, साहसिक निर्णय, राजनीतिक जीवन र त्यसबेलाका घटनाक्रम समेटिएका छन् । सुन्दरीजल बन्दीगृहमा रहेका बेला तत्कालीन राजासँग भएको भेटवार्ता, भारत निर्वासनमा रहँदा प्रजातन्त्रका लागि अघि सारिएका कदम, आन्दोलन, भारतीय नेतासँगका छलफल र सामीप्यसम्बन्धी विषय पनि वृत्तचित्रमा अटेका छन् ।
नेपालको प्रजातान्त्रिक आन्दोलनमा वीपीको योगदानका सम्बन्धमा नेपाली कांग्रेसका नेतात्रय कुलबहादुर गुरुङ, खुमबहादुर खड्का, रामबाबु प्रसाइँ, पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्ट, कोइराला र गणेशमानसिंह परिवार, पूर्वअञ्चलाधीश सूर्यप्रसाद श्रेष्ठ, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, वरिष्ठ मुटुरोग विशेषज्ञ मृगेन्द्रराज पाण्डे, पेट रोगसम्बन्धी विशेषज्ञ मधु घिमिरे लगायतका स्मरण पनि सो वृत्तचित्रमा छ ।
वृत्तचित्रमा वीपीलाई लागेको ‘राजद्रोह’ मुद्दाको निर्णय सुनाउने न्यायाधीशका विचारसहितको अन्तरकथा पनि छायांकन गरिएको छ । वृत्तचित्र ‘राजद्रोही राजनेता’को बारेमा जानकारी दिने उदेश्यले शो गरिएको वृत्तचित्रका निर्माता अन्वेषण न्युज डट कमका प्रधानसम्पादक जगत नेपालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
-
शनिबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
-
दाङमा ट्राफिक प्रहरीद्वारा १ करोड ५० लाख भन्दा बढी राजश्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण