कर्णालीका उद्योग मन्त्री लामा चढेको गाडि दुर्घटना
मङ्गलबार, ०६ वैशाख २०७९, १९ : ४६
कर्णालीका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कार्चेन लामा सवार गाडी दुर्घटना भएको छ। सुर्खेत–दैलेख खडक खण्डअन्तर्गत वीरेन्द्रनगर नगरपालिका–७ कपासेमा मंगलबार दिउँसो गाडी दुर्घटनामा परेको हो ।
विपरित दिशाबाट आएको भे१च २४७४ नम्वरको बोलेरो जीपले मन्त्री सवार कर्णाली प्रदेश ००१ झ ००७६ नम्वरको जीपलाई ठक्कर दिँदा दुर्घटना भएको सुर्खेत प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा गाडीमा सामान्य क्षति भएपनि मानवीय क्षति भएको छैन् । दुर्घटनामा दुवै गाडीमा क्षति पुगेको प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् व्यवस्थापनका लागि सबै मन्त्रालयहरुले निश्चित प्रतिशत बजेट छुट्याउँछौँ : मन्त्री श्रेष्ठ
-
बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनमा
-
डढेलोले सिङ्गो गाउँ नै जोखिममा
-
संविधान र गणतन्त्र विरोधी शक्तिले चलखेल सुरु गर्न थाले : अध्यक्ष नेपाल
-
चुमनुब्रीमा मनास्लु हिमाल आरोहण दिवस मनाउने तयारी
-
१० बजे, १० समाचार