अर्थतन्त्र सुधार गर्नुपर्नेमा राप्रपाका अध्यक्ष लिङ्देनको जोड

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाललाई समृद्ध बनाउनका लागि अर्थतन्त्र सुधार गर्नुपर्ने बताएका छन् । राप्रपाले सप्तरीको सप्तकोशी नगरपालिकास्थित फत्तेपुरमा मंगलबार आयोजना गरेको चुनावी सभामा उनले सरकारले करको दायरा बढाएर जनतालाई दुःख दिन लागेको बताए ।
विदेशी ऋण र जनताको करले गर्दा देश चलिरहेको भन्दै उनले अर्थतन्त्र सुधार नगरिए देश गम्भीर दिशातर्फ जाने उल्लेख गरे । श्रीलङ्कामा अहिले देखिएको आर्थिक समस्याजस्तो नेपालमा हुनसक्ने भन्दै उनले राष्ट्रिय ऋण र करको दयरा घटाउनुपर्ने जिकिर गरे । उनले नेपालमा दिनप्रतिदिन आर्थिक ऋणका कारण देश दुर्घटनातर्फ गइरहेको भन्दै यसलाई नियन्त्रण गनुपर्नेसमेत बताए ।
अर्थतन्त्र सबल बनाउनका लागि किसानलाई मलखाद, बीउबिजन उपलब्ध गराउनुपर्ने उनको भनाइ थियो । आफ्नो देशमा कृषि क्षेत्रमा विकास नगरी अरुतिर पैसाहरु खर्च गरेका कारण पनि आर्थिक सङ्कट आउने गरेको भन्दै किसानलाई खाद्य, मल र बीउबिजनका लागि सरकार केही सहयोग नगरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद् अवरोध गरेर जनताका मुद्दाबाट पन्छिने रास्वपाको कार्यशैलीमा अल्झिएर बस्दैनौँ : एमाले
-
भिजिट भिसा प्रकरण : अख्तियारलाई मोबाइलको पासवर्ड दिन सहसचिव भट्टराईको आनाकानी
-
जबरजस्ती करणी मुद्दामा इन्जिनियर पोखरेललाई सफाइ
-
रौतहटमा चट्याङ लागेर एक जनाको मृत्यु
-
संसद् अवरुद्ध गर्नु जनताको अधिकार बन्धक बनाउनु हो : कांग्रेस
-
बागमती सरकारद्वारा १४७ वटा सडक पुल निर्माण