अर्थतन्त्र सुधार गर्नुपर्नेमा राप्रपाका अध्यक्ष लिङ्देनको जोड
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाललाई समृद्ध बनाउनका लागि अर्थतन्त्र सुधार गर्नुपर्ने बताएका छन् । राप्रपाले सप्तरीको सप्तकोशी नगरपालिकास्थित फत्तेपुरमा मंगलबार आयोजना गरेको चुनावी सभामा उनले सरकारले करको दायरा बढाएर जनतालाई दुःख दिन लागेको बताए ।
विदेशी ऋण र जनताको करले गर्दा देश चलिरहेको भन्दै उनले अर्थतन्त्र सुधार नगरिए देश गम्भीर दिशातर्फ जाने उल्लेख गरे । श्रीलङ्कामा अहिले देखिएको आर्थिक समस्याजस्तो नेपालमा हुनसक्ने भन्दै उनले राष्ट्रिय ऋण र करको दयरा घटाउनुपर्ने जिकिर गरे । उनले नेपालमा दिनप्रतिदिन आर्थिक ऋणका कारण देश दुर्घटनातर्फ गइरहेको भन्दै यसलाई नियन्त्रण गनुपर्नेसमेत बताए ।
अर्थतन्त्र सबल बनाउनका लागि किसानलाई मलखाद, बीउबिजन उपलब्ध गराउनुपर्ने उनको भनाइ थियो । आफ्नो देशमा कृषि क्षेत्रमा विकास नगरी अरुतिर पैसाहरु खर्च गरेका कारण पनि आर्थिक सङ्कट आउने गरेको भन्दै किसानलाई खाद्य, मल र बीउबिजनका लागि सरकार केही सहयोग नगरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
-
इन्जिनियरिङ शिक्षातर्फ विद्यार्थीको आकर्षण बढाउन सरोकारवालासँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण