राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको तयारी

यही वैशाख १९ गते चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०२२ मनाइने भएको छ । दिवसको मूल समारोह समितिअन्तर्गतको प्रचारप्रसार उपसमितिको मंगलबारको बैठकले दिवसका नारा तयारीलगायत प्रचारप्रसारका लागि आवश्यक गृहकार्य गरेको छ ।
सूचना तथा प्रसारण विभागका महानिर्देशक गोगनबहादुर हमालको संयोजकत्वमा रहेको सो समितिको आज सञ्चारग्राममा सम्पन्न बैठकले सबै सङ्घीय मन्त्रालय र सम्बन्धित निकायका वेबसाइटमा दिवसको नारा र प्रतीक चिह्न समावेश गरी सन्देश प्रवाह गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत आग्रह गर्ने, सबै प्रकारका आमसञ्चार माध्यमलाई दिवसकेन्द्रित समाचार, आलेख, विशेष संवाद, परिसंवाद, वृत्तचित्र आदि कार्यक्रम प्रकाशन र प्रसारण गराउन आग्रह गर्ने निर्णय गरेको छ । उपसमितिले सबै प्रदेश र स्थानीय तहका सरकारलाई पनि दिवस मनाउन नेपाल सरकारमार्फत पत्राचार गराउन पनि निर्णय गरेको छ ।
बैठकमा राष्ट्रिय समाचार समिति (रासस), नेपाल टेलिभिजन, रेडियो नेपाल, गोरखापत्र संस्थान, नेपाल दूरसञ्चार प्राधिकरणलगायत निकायका प्रतिनिधिको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्रीलाई सुदन किरातीको आग्रह : मानव तस्करी प्रकरणमा राजीनामा दिनुहोस्
-
मधेश सरकारमा कांग्रेसको आँखा, गृहमन्त्रीले कोट्याए सरकार फेरबदलको मुद्दा
-
रास्वपाले माग्यो गृहमन्त्रीको राजीनामा, रवि लामिछानेबारे के भन्यो ?
-
‘डोल्पो ओ डोल्पो’ नियात्राको सांस्कृतिक अध्ययन
-
थानकोटमा सवारी दुर्घटना : भारतीय कार घरमा ठोक्कियो
-
राजावादीहरू कुन शक्तिको आडमा गणतन्त्रविरुद्ध धावा बोल्दैछन् ?