गृहमन्त्रीलाई सुदन किरातीको आग्रह : मानव तस्करी प्रकरणमा राजीनामा दिनुहोस्
सारांश
- माओवादी केन्द्रका नेता सुदन किरातीले गृहमन्त्री रमेश लेखकलाई विमानस्थल मानव तस्करी प्रकरणमा राजीनामा दिन आग्रह गरेका छन्।
- किरातीले स्वतन्त्र छानबिनका लागि मार्ग प्रशस्त गर्न आग्रह गर्दै नैतिकता प्रदर्शन गर्न सुझाव दिए।
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि गृहमन्त्रीको राजीनामा र स्वतन्त्र छानबिनको माग गरेको छ।
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भइरहेको भनिएको मानव तस्करी प्रकरणमा सत्तारूढ दल माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री सुदन किरातीले गृहमन्त्री रमेश लेखकलाई पदबाट राजीनामा दिन आग्रह गरेका छन्।
शनिबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै किरातीले गृहमन्त्रीलाई स्वतन्त्र छानबिनका लागि मार्ग प्रशस्त गर्न सुझाव दिएका हुन्। उनले लेखेका छन्, 'गृहमन्त्री ज्यू, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुने गरेको मानव तस्करी वारे आफूलाई नै स्वतन्त्र छानविनको माग गर्दै पदबाट राजीनामा दिएर उच्च नैतिकताको प्रदर्शन गरिदिनुहोस्। त्यसैमा जनता, देश र राजनीतिको भलो हुनेछ।'
विमानस्थल हुँदै "भिजिट भिसा" को नाममा भइरहेको भनिएको मानव तस्करी घटनामा गृहमन्त्री र उनका सचिवालयका व्यक्तिहरूको संलग्नता रहेको भन्ने आरोप पछिल्लो समय सार्वजनिक हुँदै आएका छन्।
शनिबार नै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि गृहमन्त्रीको राजीनामाको माग गर्दै स्वतन्त्र छानबिनको वातावरण बनाउनुपर्ने बताइसकेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
‘सैयारा’ को सफलतापछि पुनः पर्दामा जोडिँदै अहान र अनीत
-
छिन्नमस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै दुर्व्यवहार, कर्मचारीद्वारा विरोध
-
हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ सुरु
-
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण