थानकोटमा सवारी दुर्घटना : भारतीय कार घरमा ठोक्कियो
शनिबार, १० जेठ २०८२, १८ : ४८
सारांश
- शनिबार दिउँसो काठमाडौंको थानकोटमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा घरमा क्षति पुगेको छ।
- नागढुङ्गाबाट कलङ्कीतर्फ जाँदै गरेको कारलाई फोर्स गाडीले ठक्कर दिएपछि दुर्घटना भएको हो।
- दुर्घटनामा फोर्स गाडीका चालक फरार रहेका छन् भने मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।
काठमाडौँ । काठमाडौँ जिल्ला चन्द्रागिरि नगरपालिका–३ थानकोटमा शनिबार दिउँसो भएको सवारी दुर्घटनामा एक भारतीय नम्बरको कार घरमा ठोक्किएको छ। दुर्घटना दिउँसो २:३० बजे थानकोटस्थित सिद्धार्थ बैंक नजिकै भएको हो।
नागढुङ्गाबाट कालंकीतर्फ गइरहेको भारतीय नम्बर बीआर ०१ पीसी ३७५४ भएको कारलाई पछाडिबाट बा २ ख ९३९३ नम्बरको थानकोट यातायातको फोर्स गाडीले ठक्कर दिएको थियो। ठक्करपछि अनियन्त्रित बनेको भारतीय कार सडक छेउमा रहेको घरमा ठोक्किँदा घरको भित्तामा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि फोर्स गाडीको चालक फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। प्रारम्भिक जानकारीअनुसार घटनामा मानवीय क्षति नभए पनि गाडी र भौतिक संरचनामा क्षति भएको छ।
प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्यानचेस्टर सिटीमा आबद्ध भए एन्डरसन, पाँच वर्षको सम्झौतामा हस्ताक्षर
-
लोनमा एस्टन भिल्ला पुगे चेल्सीका विङ्गर गार्नाचो
-
मिटरब्याज सम्बन्धी लिखत अवैध घोषणा: पीडितलाई न्यायको आशासँगै कानुनी जटिलताको चाङ
-
मोड्रिच थप एक वर्ष एसी मिलानमै रहने
-
अमेरिका-इरान तनाव र हुथीको आक्रमण: गहिरिँदै पश्चिम एसियाको सङ्कट
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण