गृहले भन्यो – अध्यागमन कार्यालयसँग जोडिएका समाचारबारे हाम्रो गम्भीर ध्यानाकर्षण छ
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयसँग सम्बन्धित पछिल्ला घटनाहरूमा गृह मन्त्रालयको नेतृत्वलाई जोडेर विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आएका समाचारप्रति मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै यस्ता कपोलकल्पित, भ्रामक र आधारहीन समाचारप्रति दुःख व्यक्त गरेको छ । मन्त्रालयले आफ्ना तर्फबाट कुनै पनि गैरकानुनी वा भ्रष्टाचारजन्य कार्यमा संलग्नता नरहेको र भविष्यमा पनि नहुने स्पष्ट पारेको छ ।
‘विषयको गम्भीरतालाई मध्यनजर गर्दै सत्यतथ्यमा आधारित समाचार मात्र प्रकाशन र प्रसारण गरिदिनु हुन सबैमा अनुरोध गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ।
मन्त्रालयले मुलुकमा शान्ति सुरक्षा, अमनचयन तथा सुशासन कायम गर्न गृह प्रशासन निरन्तर क्रियाशील रहेको बताउँदै सबै प्रकारका अनियमितता र अपराधका घटनामा शून्य सहनशीलताको नीति अवलम्बन गर्दै आएको जानकारी गराएको छ । यसै सन्दर्भमा, नीतिगत तथा संस्थागत सुधारका कार्यहरू समेत मन्त्रालयबाट अघि बढाइएको मन्त्रालयले जनाएको छ ।
विमानस्थल अध्यागमन कार्यालयका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको र अनुसन्धानपछि सत्यतथ्य बाहिर आउने मन्त्रालयले जनाएको छ । आयोगको छानबिन प्रक्रियामा मन्त्रालयको पूर्ण सहयोग रहने पनि विज्ञप्तिमा उल्लेख छ ।
गृह मन्त्रालयले सार्वजनिक भएका समाचार तथा प्रतिक्रियाप्रति संयमित र जिम्मेवार रहन पत्रकार, सञ्चारमाध्यम तथा आम नागरिकहरूलाई पनि आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण