कर्णालीका मुख्यमन्त्रीका साढे पाँच महिना : कमजोर वित्तीय प्रगति, ३६ करोड ४४ लाख राजश्व संकलन
कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले बुधबार मुख्यमन्त्रीको कार्यालयमा पत्रकार सम्मेलनमार्फत आफ्नो साढे पाँच महिने कार्य प्रगति सुनाए । उनको कार्य प्रगतिमा सबैभन्दा बढी प्राथमिकताको विषय वित्तिय प्रगति भने कमजोर रहेको छ । चालू आर्थिक वर्षको हालसम्म जम्मा २१.८० प्रतिशत कुल प्रगतिमा चालू खर्च २७.७० र पुँजीगत खर्च १७.९४ प्रतिशत रहेको छ । वित्तिय प्रगतिलाई वृद्धि गर्ने मुख्यमन्त्री शाहीको प्रमुख विषय थियो । तर उनले विभिन्न कारणले वित्तिय प्रगति कमजोर हुन नसकेको बताए । यद्यपि प्रगति बढाउन लागिपरेको पत्रकार सम्मेलनमार्फत जानकारी गराए ।
साथै उनले यो अवधिसम्म ३६ करोड ४४ लाख राजश्व संकलन भएको उल्लेख गरे । जुन चालू आर्थिक वर्षमा सरकाले लिएको लक्ष्यको ६०.७३% हो । मुख्यमन्त्री शाहीले स्वास्थ्यका क्षेत्रमा १८ वर्ष भन्दा माथिका लक्षित जनसंख्याको ६६ प्रतिशतले कोभिड भ्याक्सिनको पहिलो र दोस्रो डोज लगाएको उल्लेख गरे भने कुल जनसंख्याको ५४ प्रतिशतले पहिलो र दोस्रो डोज लगाउनुका साथै १ लाख ४० हजार १८८ जनाले बुस्टर डोज लगाएको बताए । प्रदेश रंगशालाको ट्रयाक र फिल्डको काम ५० प्रतिशत सम्पन्न भएको छ भने अन्तर्राष्ट्रिय भलिबल कभर्ड हलको जग निर्माणको काम भइरहेको छ ।
कर्णाली प्रदेशका १० वटै जिल्लामा ८१ वटा खेल मैदान निर्माण कार्य सुरु भएको, सार्वजनिक विद्यालयको भौतिक पूर्वाधार विकासका लागि ७९ वटै पालिकामा ४०० कक्षा कोठा भवनहरु निर्माण भइरहेको शाहीले बताए । भौतिक पूर्वाधारतर्फ यो अवधिमा १७० किलोमिटर नयाँ सडकको ट्रयाक खोल्ने काम सम्पन्न भएको छ,’ उनले भने, ‘३० किलोमिटर सडक स्तरोन्नति गरिएको छ भने ११.५ किलोमिटर सडक कालोपत्रे गरिएको छ ।
यहि अवधिमा सडक पुल सातवटा सम्पन्न भएका छन् । जनता आवास कार्यक्रम अन्तर्गत यस अवधिमा कुल ६१३ आवास निर्माण सम्पन्न भएका छन् भने ९७० इकाई निर्माण कार्य सम्झौता भई कार्यान्वयनमा रहेका छन् । थप २०० घरधुरी जनता आवास कार्यक्रम अन्र्तगत र विपन्न आवास कार्यक्रममार्फत २०० गरेर ४०० घरधुरी विपन्न परिवारको घर निर्माणका लागि छनोट प्रक्रियामा रहेका छन् ।’
कृषितर्फ के–के काम भयो ?
चालू आर्थिक वर्षमा कर्णालीका १२३९ हेक्टर जमिनमा सिंचाई सुविधा पुग्नुका साथै १० हजार २८६ बराबर स्वरोजगार बनेका छन् । दुईवटा बाख्रा स्रोत केन्द्र, दुईवटा माछा स्रोत केन्द्र, १ चौरी स्रोत केन्द्र, १/१ वटा भेडा/च्याङ्ग्रा/भैसी/कुखुरा स्रोत केन्द्र स्थापना गरिएका छन् । चक्लाबन्दी कार्यक्रममार्फत १२०५ रोपनीमा आलु/बदाम/स्याउ/ओखर÷किवी उत्पादन सुरु भएको मुख्यमन्त्री शाहीले बताए । यस्तै ३१० जना व्यवसायीहरुलाई बैंकमार्फत रु. ५७ करोड ऋण लगानी गरिएको छ । मन्त्रालयबाट रु २.५ करोड ब्याज भुक्तानी गरिएको छ ।
उनले भने, ‘जनयुद्ध, जनआन्दोलन र प्रदेश प्राप्ति आन्दोलनका शहीद परिवारलाई जीवन निर्वाह विशेष भत्ता तथा जनयुद्ध, जनआन्दोलन र प्रदेश प्राप्ति आन्दोलनका घाइते अपाङ्गता भएका व्यक्तिलाई जीवन निर्वाह भत्ताका लागि १५ करोड रुपैयाँ स्थानीय तहमा पठाइएको छौं ।’
उर्जातर्फ के–के काम भयो ?
मुख्यमन्त्री शाहीले प्रदेशमा लगानी प्रवद्र्धन गर्ने उद्देश्यले दैलेखमा रारा हाइड्रोपावर कम्पनीबाट उत्पादन हुने विजुली केन्द्रीय विद्युत प्रशारण लाइनमा जोडिएपछि बढीमा रु. ५ करोड प्रदेश सरकारबाट सेयरको रुपमा लगानी र जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडले कर्णाली प्रदेश सरकारलाई छुट्याएको ११ लाख ७१ हजार ५०० कित्ता शेयर स्वीकार गरि लगानी सुनिश्चित गरिएको उल्लेख गरे ।
उनले भने, ‘सबै जिल्लाका गरि ८० देखि १०० घरधुरीलाई विद्युतीय ऊर्जामा पहुँच पुर्याउन बस्ती ‘उज्यालो कार्यक्रम’ कार्यान्वयनमा आएको छ । साथै प्रदेश विद्युत विधेयकको मस्यौदा अन्तिम चरणमा पुगेको छ ।’ साथै जडिबुटी विकास कार्यक्रम अन्र्तगत (जडिबुटी पकेट क्षेत्र) करिव ५०० हेक्टर जडीबुटी खेती सुरु गरिएको पनि उनले बताए । यो अवधिमा करिव तीन सय जनालाई उद्यमशीलता तालिम दिएर रोजगार बनाइएको छ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हजारौँ करार र ज्यालादारी कर्मचारी हटाएर सरकारले नीतिगत भ्रष्टाचार गर्दै छ : सांसद राई
-
सरकारमाथि प्रतिपक्षी सांसदले औँला ठड्याए, सत्तापक्ष प्रमाण माग्दै सरकारको बचाउमा
-
सम्पत्ति छानबिनमा सरकारले राजनीति गर्यो, आफ्ना मन्त्री र सांसदलाई जोगाउन खोजियो : शाही
-
देशभरका २१ वटा सडक प्रभावित
-
ट्रम्पले आईआरएस मुद्दाको दुरुपयोग गरेको अमेरिकी न्यायाधीशको ठहर
-
नेपालको बीमा बजारको आकार १० खर्ब नाघ्यो, ५१ प्रतिशत जनसङ्ख्यामा पहुँच
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण