ज्योति विकास बैंकद्वारा सीसीटीभी क्यामरा हस्तान्तरण
बिहीबार, ०८ वैशाख २०७९, १५ : ५१

ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित ‘हाम्रो विकास प्रवद्र्धन कोष’ मार्फत काठमाडौं महानगरीय प्रहरी वृत्त लैनचौरलाई सीसीटीभी क्यामरा हस्तान्तरण गरेको छ। वृत्तमा आयोजित एक कार्यक्रममा बैंकका सहायक महाप्रबन्धक रामहरि आचार्य र बैंकका बालाजु शाखा प्रबन्धक राकेश डंगोलले प्रहरी नायब उपरीक्षक दुर्गा प्रसाद दाहाललाई सीसीटीभी क्यामरा हस्तान्तरण गरेका हुन्।
बैंकले वृत्त कार्यालयको हिरासतमा रहेका थुनुवाहरूको सुरक्षा, कार्यालयको आन्तरिक सुरक्षा र नागरिकलाई पारदर्शी सेवा प्रदान गर्ने कार्यलाई सहयोग पुर्याउने हेतुले सो सहयोग गरेको जनाएको छ । ज्योति विकास बैंकले हाल ११६ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६४ वटा एटिएममार्फत सेवा उपलव्ध गराउँदै आइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मितेरी सहकारी प्रकरण : ज्योति भण्डारीलाई ७ दिन हिरासतमा राख्न अनुमति
-
सुदूरपश्चिममा बजेटमाथिको छलफल असार १० गतेदेखि सुरू हुने
-
हेटौंडामा बढ्दो सुरक्षा चुनौती, निसानामा व्यवसायीदेखि जनप्रतिनिधिसम्म
-
दिलभूषणलाई पक्राउ नगर्न अन्तरिम आदेश
-
मकवानपुरको थाहा नगरपालिकामा ५० वर्षीया महिलाको हत्या
-
सचिव हुन नपाएको झोँकमा मन्त्रालय नै गइनन् संगीता, साढे ३ महिनादेखि बिदामा