आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

विवाह तस्बिर सार्वजनिक गर्दै केकीले भनिन्, ‘समाचार बाड्न पाउँदा अत्यन्तै हर्षित छु’

बिहीबार, ०८ वैशाख २०७९, २० : २३
बिहीबार, ०८ वैशाख २०७९

अभिनेत्री केकी अधिकारी विवाह बन्धनमा बाँधिएकी छन् । उनले बिहिबार रोहित तिवारीसँग लगनगाँठो कसेकी हुन् ।

रोहितसँगको विवाहको तस्बिर सामाजिक संजाल मार्फत सार्वजनिक गर्दै उनले आजबाट जीवनको नयाँ अध्याय सुरु भएको बताएकी छन् । उनले कलाकारको रुपमा आजको दिनसम्म माया, सद्भाव र समर्थन दिएको प्रति सबैमा हार्दिक आभार समेत प्रकट गरेकी छन् ।

‘कलाकारको रुपमा मेरो हरेक उतार चढापको साक्षी बन्नु भएकोमा मेरो प्रिय दर्शकसँग विवाह समाचार बाड्न पाउँदा अत्यन्तै हर्षित छु’ उनले अगाडि लेखेकी छन् ‘जीवनको नयाँ अध्याय सुरु गर्दै गर्दा म र मेरो जीवनसाथीले उपहार स्वरुप आर्शिवादकाे अपेक्षा गरेका छौं ।’ उनले सबैको माया, साथ र सद्भाव सधै कायम रहने विश्वास समेत राखेकी छन् ।

केकीले काठमाडौंको धापासीमा परिवार र निकट आफन्तको उपस्थितिमा रोहितसँग विवाह गरेकी हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप