मनाङमा जिप दुर्घटना हुँदा तीनजना घाइते
शुक्रबार, ०९ वैशाख २०७९, १४ : १९
मनाङको ताल डाँडामा जिप दुर्घटना हुँदा चालकसहित तीनजना घाइते भएका छन् ।
मनाङ सदरमुकाम चामेबाट लमजुङ सदरमुकाम बेसीसहर तर्फ आउँदै गरेको ग ३ च ३४७० नम्बरको जिप बिहान साढे ९ बजे ताल प्रहरी चेक पोष्ट नजिकै दुर्घटना भएको हो ।
दुर्घटनामा परि जिप चालक, जिपमा सवार एक महिला र उनको दुई वर्षीय छोरा घाइते भएको प्रहरीले जनाएको छ ।
जिप ब्रेक फेल भएर दुर्घटना भएको मनाङका डिएसपी प्रेम सागर केसीले बताए । प्रहरीका अनुसार घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल लमजुङ ल्याइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारलाई पत्रकारहरूको सकारात्मक खबरदारी आवश्यक छ : मुख्यमन्त्री महरा
-
विश्वकप खेल्न नपाएपछि सन्दीप : म षड्यन्त्रको शिकार भएँ
-
पुतलीसडकमा भ्यान र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु
-
नेता भएर अर्ती नदिनुस् आफूले पनि काम गर्नुस् : मुख्यमन्त्री कँडेल
-
पोखराका अधिकांश गाडी प्रदूषण मापनमा फेल, फिल्डमै हुन थाल्यो परीक्षण
-
धुम्म मौसमले पर्यटनमा असर