बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

चैतमा भित्रियो ४ अर्बको साढे ७ लाख सेट स्मार्टफोन, सूचना चुहिएको आशंका

शुक्रबार, ०९ वैशाख २०७९, २३ : १६
शुक्रबार, ०९ वैशाख २०७९

चैत महिनामा विदेशबाट ४ अर्ब रुपैयाँ बराबरको स्मार्टफोन भित्रिएको पाइएको छ । यसअघिका महिनामा औसतमा ३ अर्ब ७५ करोड रुपैयाँ बराबरको स्मार्टफोन भित्रिँदै आएको थियो । जुन, चैत महिनामै ४ अर्बको भित्रिएको भन्सार विभागले जानकारी दिएको हो ।

फागुन महिनासम्म विदेशबाट ३० अर्ब ९९ करोड रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको थियो । जुन, चैत महिनासम्म आइपुग्दा ३४ अर्ब ९७ करोड रुपैयाँ पुगेको हो । यसको अर्थ, चैत महिनामा मात्रै ३ अर्ब ९८ करोड रुपैयाँको स्मार्टफोन आयात भएको हो ।

हालसम्म विदेशबाट कुल ५० लाख स्मार्टफोन सेट भित्रिएका छन् । यीमध्ये करिब साढे ७ लाख सेट स्मार्टफोन चैत महिनामा मात्रै भित्रिएको देखिएको छ । यसअघि, फागुन महिनासम्ममा ४२ लाख ५९ हजार सेट स्मार्टफोन भित्रिएका थिए ।

खासगरी, नेपाल राष्ट्र बैंकले रित्तिँदो अवस्थामा रहेको विदेशी मुद्राको सञ्चिती बाहिरिनबाट रोक्न भन्दै एलसी (वस्तु आयात गर्दा राख्नुपर्ने बैंक ग्यारेन्टबापतको रकम) मा कडाई गरेको थियो । तर, नेपाल सरकारले गर्भनर महाप्रसाद अधिकारीले महत्वपूर्ण सूचना चुहाएकोभन्दै छानबिनका लागि निलम्बन गरेको थियो ।

एक महिनामै अस्वाभाविकरूपमा अर्बौ रुपैयाँको स्मार्टफोन भित्रिँदा सूचना चुहिएको आशंका गरिएको छ । यसअघि, कडाई हुने सूचना पाएपछि करोडौं रुपैयाँको सयौं सवारी साधन भित्र्याउन एलसी खोलिएको खुलेको थियो । यसलाई पनि संकास्पदरूपमा हेरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप