चैतमा भित्रियो ४ अर्बको साढे ७ लाख सेट स्मार्टफोन, सूचना चुहिएको आशंका
चैत महिनामा विदेशबाट ४ अर्ब रुपैयाँ बराबरको स्मार्टफोन भित्रिएको पाइएको छ । यसअघिका महिनामा औसतमा ३ अर्ब ७५ करोड रुपैयाँ बराबरको स्मार्टफोन भित्रिँदै आएको थियो । जुन, चैत महिनामै ४ अर्बको भित्रिएको भन्सार विभागले जानकारी दिएको हो ।
फागुन महिनासम्म विदेशबाट ३० अर्ब ९९ करोड रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको थियो । जुन, चैत महिनासम्म आइपुग्दा ३४ अर्ब ९७ करोड रुपैयाँ पुगेको हो । यसको अर्थ, चैत महिनामा मात्रै ३ अर्ब ९८ करोड रुपैयाँको स्मार्टफोन आयात भएको हो ।
हालसम्म विदेशबाट कुल ५० लाख स्मार्टफोन सेट भित्रिएका छन् । यीमध्ये करिब साढे ७ लाख सेट स्मार्टफोन चैत महिनामा मात्रै भित्रिएको देखिएको छ । यसअघि, फागुन महिनासम्ममा ४२ लाख ५९ हजार सेट स्मार्टफोन भित्रिएका थिए ।
खासगरी, नेपाल राष्ट्र बैंकले रित्तिँदो अवस्थामा रहेको विदेशी मुद्राको सञ्चिती बाहिरिनबाट रोक्न भन्दै एलसी (वस्तु आयात गर्दा राख्नुपर्ने बैंक ग्यारेन्टबापतको रकम) मा कडाई गरेको थियो । तर, नेपाल सरकारले गर्भनर महाप्रसाद अधिकारीले महत्वपूर्ण सूचना चुहाएकोभन्दै छानबिनका लागि निलम्बन गरेको थियो ।
एक महिनामै अस्वाभाविकरूपमा अर्बौ रुपैयाँको स्मार्टफोन भित्रिँदा सूचना चुहिएको आशंका गरिएको छ । यसअघि, कडाई हुने सूचना पाएपछि करोडौं रुपैयाँको सयौं सवारी साधन भित्र्याउन एलसी खोलिएको खुलेको थियो । यसलाई पनि संकास्पदरूपमा हेरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण