‘लाखे’ले हिन्दी फिल्मलाई टक्कर दिन्छ – डिबी
फिल्म ‘लाखे’ ले विदेशी फिल्मलाई टक्कर दिने निर्माता डिबी बम्जनले बताएका छन् । अहिले चलेका मल्टिस्टार कलाकार ‘लाखे’मा रहेको बताउदै उनले फिल्म मल्टिस्टारले भरिएको र राम्रो कथामा बनेको दाबी गरे । ‘अहिले फिल्ममा मल्टिस्टार कलाकार लिनु भनेको फलामको चिउरा चपाए सरह हो’ उनले भने ।
सौगात मल्ल, आर्यन अधिकारी, अनुप बिक्रम शाही, वर्षा राउत, सुशील सिटौला, अर्पण थापा, प्रशान्त ताम्राकार, रोहित रुम्बा, सन्जोक राणा, रक्षा बुढाथोकी, कालु राना र बाल कलाकार सिस्टम भण्डारीको मुख्य भुमिका रहेको ‘लाखे’ महंगो बजेटमा निर्माण गरिएको फिल्म हो ।
गणेश मल्ल ठकुरी (जिएम) को प्रस्तुति रहेको फिल्मको कथा र निर्माता सिजन अर्याल हुन् । सुसन प्रजापतिले खिचेको फिल्ममा दीपक बज्राचार्यको संगीत छ । हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेको फिल्म सम्राट बस्नेतले निर्देशन गरेका हुन् । ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टर र औरियन प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मको पटकथा र सम्वाद आकास बरालले लेखेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
-
शनिबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
-
दाङमा ट्राफिक प्रहरीद्वारा १ करोड ५० लाख भन्दा बढी राजश्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण