सल्यानमा ५ जनप्रतिनिधिले दिए राजीनामा
सल्यानको बनगाड कुपिण्डे नगरपालिकाका मेयर सहित ५ जनप्रतिनिधिले पदबाट राजीनामा दिएका छन् । निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा उम्मेदवार बन्न चाहने बहालवाला जनप्रतिनिधिले पदबाट राजीनामा दिनु पर्ने व्यवस्था गरेसँगै मेयर सहित ५ जनाले शुक्रबार राजीनामा दिएका हुन ।
राजीनामा दिनेमा मेयर गोविन्द कुमार पुन, वडा न ६ का वडाध्यक्ष पुरुषोत्तम आचार्य, वडा न ८ का वडाध्यक्ष कुल बहादुर पुरी, वडा नं(१० का वडाध्यक्ष मानसिहं पुरी र वडा न ११ का वडाअध्यक्ष विर बहादुर बुढाले राजीनामा दिएको सल्यानबाट इन्द्रबहादुर बुढाथोकीले जानकारी दिए ।
मेयर पुन एमालेबाट निर्वाचित भएका हुन भने यस पटक पनि मेयर पदका लागि सिफारिस भएका छन् ।
वडा नं( ६का वडाध्यक्ष आचार्य नेपाली कांग्रेस, वडा न ८ का वडाध्यक्ष पुरी र वडा न ११ का वडाध्यक्ष बुढा माओवादी केन्द्रबाट र वडा न १० का वडाध्यक्ष मानसिहं पुरी एमालेबाट निर्वाचित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हजारौँ करार र ज्यालादारी कर्मचारी हटाएर सरकारले नीतिगत भ्रष्टाचार गर्दै छ : सांसद राई
-
सरकारमाथि प्रतिपक्षी सांसदले औँला ठड्याए, सत्तापक्ष प्रमाण माग्दै सरकारको बचाउमा
-
सम्पत्ति छानबिनमा सरकारले राजनीति गर्यो, आफ्ना मन्त्री र सांसदलाई जोगाउन खोजियो : शाही
-
देशभरका २१ वटा सडक प्रभावित
-
ट्रम्पले आईआरएस मुद्दाको दुरुपयोग गरेको अमेरिकी न्यायाधीशको ठहर
-
नेपालको बीमा बजारको आकार १० खर्ब नाघ्यो, ५१ प्रतिशत जनसङ्ख्यामा पहुँच
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण