शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

सिरहा ४ मा दुई पूर्वमन्त्रीको भिडन्त, कस्तो आउला नतिजा ?

बुधबार, १३ मङ्सिर २०७४, १६ : २९
बुधबार, १३ मङ्सिर २०७४

सिरहा– आगामी मंसिर २१ गते हुन गइरहेको दोस्रो चरणको  प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन अन्तर्गत सिरहा क्षेत्र नम्बर ४ मा  रोचक भिडन्त हुने देखिएको छ ।
 

सिरहा क्षेत्र नं. ४ मा बमगठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य अजयशंकर नायक र मधेसी गठबन्धनका तर्फबाट राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले उम्मेदवारी दिएका छन् ।   नायक र  यादव दुबै पुर्वमन्त्री पनि हुन् ।  नेपाली कांगेसले भने महासमिति सदस्य तथा सभासद मोखतार आलमलाई उम्मेदवार बनाएको छ । 

सिरहा दुईमा  वाम गठबन्धन र  मधेसी दलको गठबन्धन रहेकाले यी दुई गठबन्धनका उम्मेदवारबीच  रोचक प्रतिस्पर्धा हुने देखिएको  देखिएको हो । 
स्थानीय निर्वाचनको परिणामलाई आधार मान्दा यसक्षेत्रमा सवैभन्दा बलियो बाम गठवन्धन देखिन्छ । मधेसी दल र नेपाली काँग्रेसको उपस्थिति पनि राम्रो रहेको बताइएको छ । 

स्थानीय तह निर्वाचनमा सिरहा क्षेत्र नं. ४ मा पर्ने मिर्चेया र कर्जन्हा नगरपालीका नेकपा माओवादी केन्द्रले जितेका थियो ।  यस्तै  नरहा गाउँपालिकामा एमालेले विजयी हासिल  गर्दा  कल्याणपुर नगरपालिकामा कांग्रेस विजयी भएको थियो । 

क्षेत्र नं. ४ मा मिर्चैया, कर्जन्हा र कल्याणपुर नगारपालीका, विष्णुपुर गाउँपालिकाको वडा नं. २,३,४  नरहा गाउँपालिकाको ३,४, ५ र नरहा गाउँ पालिकाको ३, ४, ५ नम्वर वडा पर्छन् । 

मिर्चैया, कर्जन्हा र कल्याणपुर नगरपालिकाका ३५ वटा र विष्णुपुर तथा नरहा गाउँपालिकाका ६ वटासहित ४१ वडा समेटिएको क्षेत्र नं. ४ मा ८१ हजार ३०२ मतदाता छन्। हालै भएको स्थानीय तह निर्वाचनमा मिर्चैया, कर्जन्हामा माओवादी केन्द्र र कल्याणपुर नगरपालिकामा कांग्रेस जितेको थियो भने नरहामा एमाले तथा विष्णपुरमा संघीय समाजवादी फोरमले जितेका आधारमा क्षेत्र नं. ४ मा वाम गठबन्धनका उम्मेदवार  केहि अघि रहेको देखिन्छ । 

कल्याणपुरस्थित रामदुलारी माध्यमिक विद्यालयका प्रधानाध्यापक लालदेव साहले स्थानीय निकायको मत परिणामले बामगठबन्धन अगाडी देखिएपनि सोहि अनुसारको मत २१ गतेको निर्वाचनमा पाउँछ भन्ने आफूलाई नलागेको धारणा राखे । 

उनी भन्छन्, ‘पछिल्ला केही दिनदेखि देखिएको गतिविधिहरुले बाम गठबन्धन अग्रभागमा देखिएपनि नेपाली काग्रेस र राजपाका उम्मेदवारलाई पनि कम आक्न मिल्दैन, नेपाली काग्रेसको अवस्थापनि सुधार हुँदै गएको पाएको छु ।

यही गतिमा कांग्रेस अघि बढ्न सके बाम र कांग्रेसको प्रतिस्पर्धा हुने प्राध्यापक साहको तर्क छ  । 

 यता, नेकपा माओवादीका उम्मेदवार अजयशंकर नायले यो क्षेत्र पहिलादेखि नै बामहरुको पक्कड रहेको र अहिले एमाले माओवादी गठबन्धले अवस्था राम्रो भएको दाबी गरे । 

उनी भन्छन्, ‘धेरै कुरा स्थानीय निर्वाचनले पनि बताई सकेको छ, त्यसको साथै हाम्रो पार्टी स्वसित, पीडित जनताको पक्षमा रहेकोले उनीहरुले हामीलाई मायाँ गर्नेछन् भन्ने विश्वास छ ।’ 

त्यसैगरी, राजपा नेता राजकिशोर यादवले जसरी बामगठबन्धनको पक्कड भएको प्रचार गरिएपनि आफूले त्यस्तो नपाएको बताए । उनले विभिन्न क्षेत्रमा घुमेपछि आफ्नो पाक्षमा धेरै जनता रहेको पाएको बताए ।

 उनले आफूले मधेसी जनताको पक्षमा खेलेको भूमिका र व्यक्तित्वका कारण पनि आफ्नो अवस्था निकै राम्रो पाएको दाबी गरे । 
यता नेपाली काग्रेसका उम्मेदवार मोखतार अमदले अहिले नै जित हारको आकलन गर्न नसकिने बताए । तरपनि जनताले आफूलाई मायाँ गर्नेमा विश्वस्त रहेको बताए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रामभरोसी यादव
रामभरोसी यादव

रामभरोसी यादव रातोपाटीका सिरहा संवाददाता हुन् ।

लेखकबाट थप