रोल्पामा गठबन्धनको भागवण्डा अझै मिलेन, भोलि मात्रै उम्मेदवारी दर्ता गर्ने
रोल्पाका १० स्थानीय तहमा सत्ता गठबन्धनभित्र भागवण्डा नमिलेपछि भोलि मात्रै उम्मेदवारी दर्ता गर्ने भएका छन् । सत्ता गठबन्धनमा सहभागी नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसबीच मुख्य रुपमा भागवण्डा नमिलेपछि भोलि मात्रै उम्मेदवारी दर्ता गर्न लागेका हुन् ।
‘रोल्पामा चुनावी तालमेल गर्न सत्ता गठबन्धनभित्र कुरा मिलेको छैन । आज र भोलि छलफल गर्ने भन्ने छ’ माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज दीपेन्द्र पुनले भने, ‘यदि चुनावी तालमेल हुन नसकेमा एकल रुपमा भिड्ने भन्ने छ ।’ रोल्पामा सत्ता गठबन्धन नभएपनि एमालेले जित्ने अवस्था नभएकाले एकल रुपमा चुनाव लड्ने सम्भावना बलियो रहेको पुनले बताए ।
काँग्रेसले रोल्पा नगरपालिकासहित ५ स्थानीय तह मागेको छ । जसमा त्रिवेणी, रुण्टीगढी, लुङ्ग्री, गंगादेव छन् । यसअघि निर्वाचनमा काँग्रेसले लुङ्ग्री गाउँपालिका मात्रै जितेको थियो । एकीकृत समाजवादीले भने रुण्टीगढी र त्रिवेणी गाउँपालिका दाबी गरेको छ । यसअघि दुबै गाउँपालिका एमालेले जितेको थियो । सोही गाउँपालिकामा एकीकृत समाजवादीले दाबी गरेको हो । गठबन्धनमा सहमति हुन नसकेपछि एकल रुपमा प्रतिष्पर्धा गर्न लागेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण