४० औं दिनमा सकियो ‘परस्त्री’
आइतबार, ११ वैशाख २०७९, ११ : १५
फिल्म ‘परस्त्री’ को छायाङ्कन सकिएको छ । शनिबारबाट बालाजुस्थित चलचित्र विकास कम्पनीमा अन्तिम दृश्य छायांकन गर्दै फिल्म सकिएको हो । ४० औं दिनको नियमित छायाङ्कनपछि फिल्म किनिएको निर्देशक सुरज पाण्डेले बताए ।
पाण्डे यसै फिल्मबाट निर्देशन डेब्यू गर्न लागेका हुन् । काठमाडौंबाट छायाङ्कन सुरु भएको फिल्म मुस्ताङपछि फेरि काठमाडौंमै आएर पुरा भएको हो । फिल्म सोचेभन्दा राम्रो तवरबाट छायाङ्कन भएको फिल्मका लेखक तथा निर्माता दीपेन्द्र के खनालले बताए ।
नेपाली र हिन्दी गरी दुई भाषामा निर्माण हुने बताइएको फिल्म डिएस डिजिटलको ब्यानरमा निर्माण हुन लागेको हो । फिल्मकी निर्माता निर्माता शर्मिला पाण्डे हुन् । फिल्ममा कोशिस क्षेत्री, शिल्पा मास्के, गौरव बिष्ट, अलिसा क्षेत्री, अशान्त शर्मा लगायतका कलाकारको मुख्य भूमिका देख्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल
-
शासकीय सुधारलाई निरन्तरता दिने विषयमा सरकारलाई कांग्रेसको समर्थन
-
गोरखामा मरुवा सङ्क्रमणले चैते धानमा क्षति
-
वन्यजन्तुको आक्रामक व्यवहार नियन्त्रण गर्न प्रविधिको प्रयोग गर्छाैँ : मन्त्री गौतम
-
दुई आईजी अमेरिका प्रस्थान
-
दलाई लामाको जन्मदिनमा औपचारिक कार्यक्रम र जुलुस गर्न नदिने सुरक्षा समितिको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण