बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जसपा बर्दिया जिल्ला अध्यक्ष मोहन चौधरीले छाडे पार्टी

आइतबार, ११ वैशाख २०७९, ११ : ५०
आइतबार, ११ वैशाख २०७९

जनता समाजवादी पार्टी बर्दियाका जिल्ला अध्यक्ष मोहन चौधरीले पार्टी परित्याग गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा शनिबार सूचना जारी गर्दै उनले पार्टी परित्यागको घोषणा गरेका हुन् । हाल स्वतन्त्र बस्ने बताए पनि उनको स्टाटसले उनी रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीमा आवद्ध हुने अवस्था देखिन्छ । 

उनले भनेका छन्, ‘नेकपाको ४२ महिनाको पूर्ण बहुमतको सत्ता र हाल गठबन्धनको सत्ताले समेत अपार जनमत प्राप्त हुँदाहुँदै पनि माननीय रेशम चौधरीलाई न्याय दिनुको साटो नैतिकहीन भएर हालसम्म जेलमा कैद गरेर राखेका छन् । त्यसैले, थारू समुदायसँग भोट माग्न आफू नैतिक रुपले सत्तासीन कुनै पनि पार्टीको लागि पुनः मात्र सत्ताको लागि भोट माग्ने अवस्था छैन ।’

उनले अगाडि भनेका छन्, ‘मेरो लागि सत्ताभन्दा न्याय, समानता र स्वाभिमानको मुद्दा प्रधान हो । त्यसकारण औपचारिक रुपमा म आबद्ध जसपा नेपाल पार्टीको सबै जिम्मेवारीबाट आजकै (शनिबार) मितिबाट बिदा लिएको छु ।’  आफूलाई पार्टीको जिम्मेवारी बहन गर्न हालसम्म साथ र सहयोग गर्ने सबैप्रति आभार ब्यक्त गर्र्दै वर्तमानमा एक सचेत र स्वतन्त्र नागरिकको हैसियतमा समाजसेवामा लागि रहने चौधरीले जानकारी गराएका छन् । बर्दियाको ठाकुरद्वारास्थित ‘थारू होम’ होटलका सञ्चालक मोहन चौधरी नयाँ शक्ति हुँदै जसपामा आवद्ध भएका थिए । 

स्मरण रहोस्, एक साताअघि जसपाको सुदूरपश्चिम संयोजक कृष्णकुमार चौधरी कुन्दनले पार्टी परित्याग गर्दै माओवादीमा प्रवेश गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप