नाटक घर मण्डलामा ‘पल्पसा क्याफे’
नारायण वाग्लेको मदन पुरस्कार विजेता उपन्यास ‘पल्पसा क्याफे’मा आधारित नाटक ‘पल्पसा क्याफे’को मञ्चन सुरु भएको छ । गत शुक्रबारबाट थापागाउँस्थित मण्डला थिएटरमा नाटकको नियमित मञ्चन सुुरु भएको हो ।
विमल सुवेदीको निर्देशन रहेको नाटकमा अभिनेत्री सृष्टि श्रेष्ठले पल्पसाको भूमिका निर्वाह गरेकी छन् । यस अगाडि स्वस्तिमा खड्काले पल्पसाको भुमिका निर्वाह गर्ने बताइएको थियो । अन्तिम समयमा खड्काले अभिनय गर्न नसक्ने बताएपछि सृष्टि श्रेष्ठले पल्पसा बनेकी हुन् ।

नाटकमा सृष्टिको अलवा विमल सुवेदी, दीपेश राई, संगीता थापा, पूर्णिमा आचार्य, बच्चु हिमांशु, सरगम राई, ङिमा शेर्पा, जेनी सुनुवार, चक्र पुलामी, श्रवण सिंह राना लगायत कलाकारको अभिनय देख्न सकिन्छ । प्रेम र द्वन्द्वको कथा मिश्रित नाटकले बेपत्ता परिवारको मनोदशा समेत पस्किन प्रयास गरेको मण्डला थियटरले जनाएको छ ।
‘पल्पसा क्याफे’ उपन्यास नेपालको चर्चित उपन्यास मध्ये एक हो । अंग्रेजी, फ्रेन्च, कोरियन तथा सिंहला भाषामा समेत अनुदित यो पुस्तकमा १० वर्ष लामो सशस्त्र युद्धको वरपर रहेर एक पेन्टरको कथा उपन्यासले उठाएको छ ।
नाटक बैशाख २५ गतेसम्म मञ्चन हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
-
शनिबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
-
दाङमा ट्राफिक प्रहरीद्वारा १ करोड ५० लाख भन्दा बढी राजश्व सङ्कलन
-
आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा रु १० अर्ब राजस्व सङ्कलन
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण