अभिनेत्री दीया पुगिन् एभरेस्ट बेस क्याम्प
अभिनेत्री दीया पुन सगरमाथाको बेस क्याम्प (५३४८ मिटरको उचाइमा) पुगेकी छन् । गत महिनाको अत्यमा सगरमाथा आरोहणका लागि निस्किएकी पुनले बेस क्याम्पमा पुगेर तस्बिर समेत सार्वजनिक गरेकी हुन् ।
पुन १६ वैशाखबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘मन्त्र’ की अभिनेत्री पनि हुन् । आरोहण अगाडि उनलाई फिल्म युनिटले फिल्मको पोस्टर र नेपालको राष्ट्रिय झण्डा दिएको थियो । दुबै सगरमाथाको चुच्चोमा पुर्याउने बाचा समेत गरेकी थिइन् ।
‘मन्त्र’ गोर्खा सिरानचोक एण्ड लिगलिग कोट फिल्मस् प्रा.लिको ब्यानरमा बनेको हो । खिलबहादुर गुरुङको निर्देशन रहेको फिल्म गोर्खा सिरानचोक एण्ड लिगलिगकोट फिल्मस्सँंगै डिभाइन इन्टरटेन्टमेन्ट र डि.एस प्रोडक्सनले सहकार्यमा बनाएको हो ।
सौगात मल्ल, बुद्धि तामाङ, दीया पुनको मुख्य भूमिका रहेको फिल्मले गोरखाको मनास्लु क्षेत्र आसपासको कथा उठाएको छ । सुरेश कार्की, रविराज कार्की र सुभ श्रेष्ठ निर्माता रहेको फिल्मको कार्यकारी निर्माता देवेन्द्र मानन्धर हुन् । परिक्षेद सेनको कथा साम्तेन भुटिया, सुनिल निउरे र सेन स्वयंको पटकथा, सन्तोष सुनारको संगीत रहेको फिल्ममा सञ्जय लामाको छायांकन एवं मित्र डि.गुरुङको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
-
शनिबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
-
दाङमा ट्राफिक प्रहरीद्वारा १ करोड ५० लाख भन्दा बढी राजश्व सङ्कलन
-
आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा रु १० अर्ब राजस्व सङ्कलन
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण