काँग्रेस संसदीय समितिको बैठक बालुवाटारमा जारी
आइतबार, ११ वैशाख २०७९, १९ : ११
नेपाली काँग्रेसको संसदीय समितिको बैठक जारी रहेको छ । बैठक आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी रहेको सहमहामन्त्री जीवन परियारले बताएका हुन् ।
आइतबार दिउँसो बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसदीय समिति गठन गरेको थियो । संसदीय समितिको बैठकले महानगर र उपमहानगरपालिकाको उम्मेदवार टुंगो लगाउने छ ।
केन्द्रीय कार्यसम्पादन समितिको बैठकले स्थानीय तह निर्वाचनका लागि पार्टीका तर्फबाट महानगर र उपमहानगरपालिकामा लड्ने उम्मेदवारको टुंगो लगाउने जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको थियो ।
याे पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

