भागबण्डा नमिल्दा जुम्लामा गठबन्धन नहुने
स्थानीय तहको निर्वाचनमा जुम्लामा गठबन्धन नहुने भएको छ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा समाजवादी पार्टीबीच भागबण्डा नमिल्दा गठबन्धन नहुने भएको काँग्रेस जुम्लाका सचिव गोल्डेन कठायतले रातोपाटीलाई बताए ।
‘हामीले जितेका पालिकामा हामी अध्यक्ष लड्ने र माओवादी र समाजवादीले जितेको पालिकामा उनीहरुले लड्ने सहमति हुन लागेको थियो । समाजवादीले माओवादीले जितेको पालिकामा पनि लड्ने दाबी नछोड्दा गठबन्धन नहुने भएको हो,’ कठायतले भने । कठायतले काँग्रेसबाट नगर र गाउँपालिकाको प्रमुख उप–प्रमुखको टुङ्गो भोलीसम्म लागाइ सक्ने बताए ।
माओवादी केन्द्रका जिल्ला अध्यक्ष वीरबहादुर कुवँरले प्रदेश गठबन्धनले पाएको निर्णय नमान्दा सहमति नभएको बताए । ‘हामीले प्रदेशले पठाएको निर्णय स्विकार गरेका हौं । समाजवादीले नमान्दा गठबन्धन नहुने भएको हो,’ उनले रातोपाटीसँग भने ।
प्रदेशबाट गठबन्धनमा नेपाली काँग्रेसले चार, माओवादीले तीन र समाजवादीलाई एक पालिका दिने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार शीर्ष टोलीको सेमिफाइनल यात्रा नयाँ 'ड्र' प्रणालीकै कारण हो ? किन लाग्यो यस्तो आरोप ?
-
सरकार भन्छ, ‘पर्याप्त मल छ’, किसान भन्छन्– हामीले पाएनौँ !
-
गणेश नेपाली प्रकरण ओझेलमा पार्न सरकारकै आडमा त्रास फैलाइयो : मल्ल
-
राजमार्ग खुला भएसँगै नयाँ बसपार्कमा बढ्यो चहलपहल, तस्बिरहरु
-
देश निराशा र सङ्कटमा छ, लोकतन्त्र समाप्त भए कोही रहँदैनौँ : डा. अमरेश सिंह
-
आज सुनको मूल्य प्रतितोला १२ सयले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण