धादिङमा बसले कारलाई ठक्कर दियो, ५ जनाको मृत्यु
आइतबार, ११ वैशाख २०७९, २० : १०
धादिङमा बसले कारलाई ठक्कर दिँदा ५ जनाको मृत्यु भएको छ। काठमाडौंबाट धादिङबेँसी जाँदै गरेको बा ५ ख ८४४३ नम्बरको बसले गल्छीबाट काठमाडौंतर्फ आउदै गरेको बा प्र ०१–०२५ च २९६८ नम्बरको कारलाई ठक्कर दिँदा कारमा सवार ५ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा कार चालक तनहुँ खैरेनी घर भएका वर्ष ३५ का दिल बहादुर बस्नेत, भारत उत्तरप्रदेश घर भएका अन्दाजी वर्ष ४५ वर्षीय विमल चन्द्र अग्रवाल, सोही ठाउँ घर भएका अन्दाजी ३६ वर्षीय साधना अग्रवाल, ४२ वर्षीयाका सन्ध्या अग्रवाल र ५० वर्षीय राकेश अग्रवाल रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
यस्तै दुर्घटनामा घाइते धादिङको निलकण्ठ ११ का राम परियारको काठमाडौंमा उपचार भइरहेको छ । प्रहरीले बसलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
-
वैदेशिक रोजगारीमा जानेको बिमा व्यवस्थापनलाई श्रमिकमैत्री बनाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण