रुपन्देहीमा काँग्रेसका उम्मेदवार : ६ मध्ये ४ पुराना अनुहार
नेपाली काँग्रेसले रुपन्देहीको एक उपमहानगरपालिका र ५ नगरपालिकामा मेयरको उम्मेदवारको टुङ्गो लगाएको छ । बुटवल उपमहानगरपालिकाको मेयर उम्मेदवार खेलराज पाण्डे, तिलोत्तमा नगरपालिकामा रामकृष्ण खाँण, सैनामैना नगरपालिका फेडिन्द्र शर्मा, देवदह नगरपालिकामा हिरा बहादुर के सी ले मेयरको टिकट पाएका छन् ।
यस्तै जिल्लाको सिद्धार्थनगर नगरपालिकाको मेयरमा इस्तियाक अहमद खान र लुम्बिनी सांस्कृतिक नगरपालिकाको मेयरमा सिरजुद्दिन मुसलमान उम्मेदवार बन्ने भएका छन् । २०७४ सालमा स्थानीय निर्वाचनमा पाण्डे, खाँण र शर्माले हारेका हुन् भने देवदहमा केसीले मात्र जितेका थिए । अहिले रुपन्देहीमा गठबन्धन भएकोले मेयर नेपाली काँग्रेसले पाएको ठाउँमा उप मेयर माओवादी र एकीकृत समाजवादी दललाई दिएकोले जित्ने दाबी गरिएको छ । सिद्धार्थनगर नगरपालिकाको मेयरमा इस्तियाक अहमद खान र लुम्बिनी सांस्कृतिक नगरपालिकाको मेयरमा सिरजुद्दिन मुसलमान भने नयाँ अनुहार हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण