दाङको लमही नगरपालिकामा काँग्रेस, एमाले माओवादीबीच त्रिपक्षीय भिडन्त
दाङको लमही नगरपालिकामा नेपाली काँग्रेस,नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच त्रिपक्षीय भिडन्त हुने भएको छ। काँग्रेसबाट मेयरमा जोगराज चौधरी र उपमेयरमा लक्ष्मी योगी उम्मेदवार उठ्ने भएका छन् । यस्तै नेकपा एमालेबाट मेयरमा दण्डिराम चौधरी र उपमेयरमा शुशीला शर्मा उम्मेदवार उठ्ने भएका छन् भने माओवादी केन्द्रबाट मेयरमा बसन्तराज शर्मा र उपमेयरमा गंगा पाण्डे उम्मेदवार बन्ने भएका छन् ।
सत्ता गठबन्धनबाट सहमती हुन नसकेपछि काँग्रेस र माआवादीले छुट्टाछुट्टै उम्मेदवारी दिने भएका हुन् । काँग्रेसका चौधरी यसअघि मेयरमा पराजित उम्मेदवार हुन् भने माओवादीका शर्मा पार्टीका लमही नगर इन्चार्ज हुन्।
माओवादीले एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चासँग चुनावी तालमेल गर्न छलफल गरिरहेको छ। यद्यपि तीन दलबीच चुनावी तालमेल गर्ने विषयमा सहमती भइसकेको छैन । एमालेबाट उठेका दण्डिराम लमही खानेपानीका अध्यक्ष समेत हुन्। यसअघि लमही मेयरमा एमाले र उपमेयरमा काँग्रेसले जितेको थियो।
यस्तै दाङकै राजपुर गाउँपालिकामा पनि त्रिपक्षीय भिडन्त हुने भएको छ। सत्ता गठबन्धनभित्र सहमती हुन नसकेपछि आ–आफ्नै उम्मेदवार उठाउन लागेका हुन्। काँग्रेसबाट अध्यक्षमा शरद बुढाथोकी र उपाध्यक्षमा धनपति यादव
उठ्ने भएका छन् । माओवादीबाट अध्यक्षमा चक्रबहादुर खड्का ‘शिखर’ र उपाध्यक्षमा पुष्पा यादवले उम्मेदवारी दिने भएका छन्। यस्तै एमालेबाट अध्यक्षमा कुलराज गिरी र उपाध्यक्षमा सीता यादवलाई उठाइने भएको छ। लमही र राजपुरका तीनै दलका उम्मेदवारले आज मात्रै उम्मेदवारी दर्ता गराउने छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण