प्युठानको झिमरूकमा एमाले र माओवादीबीच गठबन्धन
सोमबार, १२ वैशाख २०७९, ११ : ४६
प्युठानको झिमरुक गाउँपालिकामा सत्ता गठबन्धनभित्रै कुरा नमिलेपछि नेकपा एमाले र नेकपा माओवादीबीच चुनावी गठबन्धन हुने भएको छ । गाउँपालिका अध्यक्षलाई लिएर माओवादी र राष्ट्रिय जनमोर्चा सहमति नभएपछि एमाले माओवादी गठबन्धन हुन पुगेको हो ।
एमाले माओवादी गठबन्धनबाट माओवादी नेता पितबहादुर एमसी अध्यक्ष र एमालेबाट हुकुमबहादुर खड्का उपाध्यक्षमा उठ्ने भएका छन् । दुई दलबीच भएको सहमतिलाई गोप्य राखिएको छ । यस्तै जनमोर्चा र काँग्रेसबीच तालमेल भएपछि जनमोर्चाबाट अध्यक्षमा टिकाबहादुर जिसी उपाध्यक्षमा काँग्रेसका प्रमोद पोखरेल उम्मेदवार भएका छन् । यसअघि निर्वाचनमा अध्यक्ष र उपाध्यक्षमा जनमोर्चाले जितेको थियो । जनमोर्चाले अध्यक्ष छोड्नै नमानेपछि माओवादी र एमालेबीच गठबन्धन हुन पुगेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण