सात करोड ठगी गर्ने जयसवाल पक्राउ
सोमबार, १२ वैशाख २०७९, १२ : ४५
बैंकिङ कसुर तथा ठगी मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१० बानेश्वर बस्ने रौतहट देवाही गोनाही नगरपालिका–३ घर भएका ४३ वर्षीय मुत्यन्य जयसवाल रहेका छन् । उनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।
बैंकिङ कसुर तथा ठगी मुद्दामा फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–१० अनामनगरबाट पक्राउ गरेको हो ।
उनले विभिन्न आठ जनालाई प्रलोभनमा पारी ७ करोड १३ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।
उनलाई आवश्यक अनुसन्धानको लागि प्रहरी वृत्त नयाँबानेश्वर काठमाडौं पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामूहिक बलात्कार आरोपमा पोखराबाट ३ जना पक्राउ
-
सुदूरपश्चिम प्रदेशको बजेट १० प्रतिशतले बढ्ने
-
पूर्वन्यायाधीशको निधनपछि सर्वोच्चका सबै सुनुवाइ स्थगित
-
कटहर ब्लडप्रेसर, मधुमेहलगायत रोगका लागि फाइदाजनक
-
बालमन्दिर जग्गा घोटालामा को–को विरुद्ध जारी भयो पक्राउ पुर्जी ? (नामावलीसहित)
-
अस्ट्रेलिया जानेका लागि मेडिकल अप्वाइन्टमेन्ट अब अर्बिटबाट