सात करोड ठगी गर्ने जयसवाल पक्राउ
सोमबार, १२ वैशाख २०७९, १२ : ४५
बैंकिङ कसुर तथा ठगी मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१० बानेश्वर बस्ने रौतहट देवाही गोनाही नगरपालिका–३ घर भएका ४३ वर्षीय मुत्यन्य जयसवाल रहेका छन् । उनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।
बैंकिङ कसुर तथा ठगी मुद्दामा फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–१० अनामनगरबाट पक्राउ गरेको हो ।
उनले विभिन्न आठ जनालाई प्रलोभनमा पारी ७ करोड १३ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।
उनलाई आवश्यक अनुसन्धानको लागि प्रहरी वृत्त नयाँबानेश्वर काठमाडौं पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण