बुटवल उपमहानगरको मेयर र उपमेयरमा एमालेका उम्मेदवारको मनोनयनपत्र दर्ता
सोमबार, १२ वैशाख २०७९, १५ : ४६
बुटवल उपमहानगरपालिकाको मेयरमा नेकपा एमालेबाट बाबुराम भट्टराईले उम्मेदवारी दर्ता गराएका छन् । सोमबार कार्यकर्ताको साथ निर्वाचन कार्यालयमा पुगेर भट्टराईले मेयरमा उम्मेदवारी दर्ता गराएका हुन् ।
एमालेबाटै उपमेयरमा सावित्रा अर्यालले उम्मेदवारी दर्ता गराएकी छन् । उम्मेदवारी दर्ता कार्यक्रममा एमालेका केन्द्रीय उपाध्यक्ष विष्णु पौडेलका अतिरिक्त लुम्बिनी प्रदेश अध्यक्ष लिला गिरी, हाल बुटवलका मेयर तथा एमाले केन्द्रीय सदस्य शिवराज सुवेदी, उपमेयर तथा केन्द्रीय सदस्य गोमा आचार्य, युवा नेता गोपाल रानासहितको टोली पनि निर्वाचन कार्यालयमा पुगेको थियो ।
उम्मेदवारी दर्ता गराउनु अघि पत्रकारसँग कुरा गर्दै भट्टराईले बुटवलको विकास र बुटवलवासीको जीवनमा खुशी ल्याउन आफूले उम्मेदवारी दिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
-
८५औँ मिनेटमा मेस्सीको पासमा एन्जो फर्नान्डेजको गोल: अर्जेन्टिनाले खेल १-१ को बराबरीमा ल्यायो
-
५५औँ मिनेटमा एन्थनी गोर्डनको गोल: अर्जेन्टिना विरुद्ध इङ्ग्ल्यान्डले लियो १-० को अग्रता
-
इङ्गल्यान्ड - अर्जेन्टिना महाभिडन्त: पहिलो हाफमा गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण