बलिउडमा डेब्यू गर्ने तयारीमा सचिनकी छोरी
सचिन तेन्दुलकरकी छोरी साराले छिट्टै बलिउडमा डेब्यू गर्ने तयारी गरेको भारतीय मिडियाले जनाएका छन् । मिडिया रिपोर्टका अनुसार सारा फिल्ममा धेरै चासो राख्छिन् र ग्लामर संसारमा आफ्नो करियर बनाउन चाहन्छिन्। हाल, उनी एक व्यावसायिक मोडेल हुन् र अभिनयको सीप पनि सिकेकी छिन्।
साराले युनिभर्सिटी अफ लण्डनबाट मेडिसिन पढेकी छिन् । यसअघि उनले धिरुभाई अम्बानी इन्टरनेशनल स्कुलमा पढाइ गरेको थिइन् । उनी २४ वर्षकी भइन् । उनको इन्स्टाग्राम खातामा १९ लाख भन्दा बढी फलोअरहरू छन् जसमा बलिउड अभिनेता कार्तिक आर्यन, रणवीर सिंह, सारा अली खान, आलिया भट्ट र अन्य धेरै सेलिब्रेटीहरू छन् । साराले इन्स्टाग्राममा प्रायः आफ्नो ग्लामरस तस्विर, भिडियो यहाँ शेयर गर्छिन्।

सारा खासै हेडलाइनमा रहँदैनन्, त्यसैले उनको अभिनय कौशलबारे मानिसहरूलाई अझै थाहा छैन । साराका आमाबाबुले पनि उनको निर्णयमा समर्थन गर्छन् र छोरीको अभिनेत्री बन्ने निर्णयमा उनीहरूलाई कुनै आपत्ति छैन।
केही वर्षअघि पनि साराले बलिउड अभिनेता शाहिद कपूरसँग डेब्यु गर्ने खबर आएको थियो । तर, त्यसबेला सचिन तेन्दुलकरले खबरलाई खारेज गर्दै साराले अहिले आफ्नो पढाइमा ध्यान केन्द्रित गरिरहेको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण