नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार एक अर्बमा खुम्चियो
मङ्गलबार, १३ वैशाख २०७९, १५ : २४
सेयर बजार परिसूचक नेप्से मंगलबार पनि ओरालो लागेको छ । अघिल्लो दिन झण्डै ३५ अंकले घट्दै २३ सय ८६ अंकमा अडिएको नेप्सेमा आज पुनः १५ अंकको गिरावट आएको हो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक १५.०२ अंकले घट्दै २३ सय ७०.९९ अंकमा झरेको छ । दोहोरो अंकले घटेको बजारमा आज कारोबार रकम समेत एक अर्ब ४ करोड रुपैयाँमा खुम्चिन पुगेको छ । आज १३ वटा उपसूचकहरु मध्ये सबैभन्दा बढी हाइड्रोपावर समूहको उपसूचक १.४९ प्रतिशतले घटेको छ भने, इनभेष्टमेन्ट समूह १.३९ प्रतिशतले, डेभलपमेन्ट बैंक समूह १.०१ प्रतिशतले र फाइनान्स समूह ०.९९ प्रतिशतले घटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटक भिसामा काठमाडौँ आएर व्यापार गर्ने दुई चिनियाँ नागरिक पक्राउ
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन नगर्ने निर्णय सुशासन विरुद्ध: राष्ट्रिय जनमोर्चा
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण