वडाध्यक्षबाट राजीनामा दिएर वडा सदस्यमा उम्मेदवारी
गुल्मीका एक जना वडाध्यक्षले पदबाट राजीनामा दिइ वडा सदस्यमा उम्मेदवारी दिएका छन् । मुसिकोट नगरपालिका–३ का अध्यक्ष कर्णबहादुर घर्ती क्षेत्री (कर्णध्वज जिसी ) ले उक्त पदबाट राजीनामा दिइ सोही वडाको सदस्य पदमा उम्मेदवारी दिएका हुन् ।
उनले गत स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्ष जितेका थिए । केही दिनअघि एमाले परित्याग गरेका उनले अहिले भने एकीकृत समाजवादीमा समाहित भएर गठबन्धनको तर्फबाट वडा सदस्यमा उम्मेदवारी दिएका हुन ।
जिसीले भने, ‘मलाई पार्टीले मुसिकोट नगरपालिकाको उपमेयरमा उठ्नु प-यो भनेर भनेको थियो । मैले भने युवाहरुलाई ठाउँ दिनुपर्छ भनेर श्रीराम महतलाई उठाइयो । त्यसपछि मलाई फेरि पार्टीले जिल्ला समन्वय समिति जानका लागि वडा सदस्यमा उठ्न भन्यो । त्यसपछि पार्टीले दिएको जिम्मेवारी पुरा गरेको हुँ । ’
मुसिकोट नगरपालिकाको उपमेयरको उमेदवार भएका महतले जिसीलाई वडा सदस्यमा जिताइ जिल्ला समन्वय समितिमा लगिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८५औँ मिनेटमा मेस्सीको पासमा एन्जो फर्नान्डेजको गोल: अर्जेन्टिनाले खेल १-१ को बराबरीमा ल्यायो
-
५५औँ मिनेटमा एन्थनी गोर्डनको गोल: अर्जेन्टिना विरुद्ध इङ्ग्ल्यान्डले लियो १-० को अग्रता
-
इङ्गल्यान्ड - अर्जेन्टिना महाभिडन्त: पहिलो हाफमा गोलरहित बराबरी
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण