बुटवल उपमहानगरबाहेक रुपन्देहीका अन्य पालिकामा भत्कियो गठबन्धन
रुपन्देहीमा बुटवल उपमहानगरपालिका बाहेकका पालिकामा सत्तारुढ गठबन्धन भत्किएको छ । ती पालिकामा गठबन्धनकै घटकबीच दुई दलीय गठबन्धन बनाएर तालमेल गरिँदैछ । सुरुमा ५ दलीय गठबन्धनभित्र जिल्लाका विभिन्न ६ वटा स्थानीय तहमा मित्रवत रुपमा प्रतिस्पर्धा गर्ने सहमति भए पनि बुटवल बाहेकका स्थानीय तहमा एकपछि अर्को उप गठबन्धन बन्ने क्रम जारी छ ।
बुटवल उपमहानगरपालिका बाहेकका अन्य पालिकामा एकीकृत समाजवादी गठबन्धनबाट एक्लिएको छ । एकीकृत समाजवादीले बुटवल उपमहानगरमा पाँच दलीय गठबन्धनबाट उपप्रमुखमा चिन बहादुर गुरुङलाई उम्मेदवार बनाएको छ भने अन्य १५ वटै स्थानीय तहमा एकल रुपमा उम्मेदवारी दर्ता गरेको छ ।
एकीकृत समाजवादी रुपन्देहीका अध्यक्ष राजु गुरुङले बुटवल उपमहानगरमा गठबन्धन कायम भए पनि अन्य पालिकामा एकीकृत समाजवादीले कतै एक्लै, कतै माओवादी र जसपासँग गठबन्धन गरेको बताए । धेरैजसो पालिकामा गठबन्धनभित्र पद बाँडफाँटमा कुरा नमिल्दा एकल रुपमा उम्मेदवारी दिनुपर्ने अवस्था आएको उनले बताए ।
रुपन्देहीमा नेकपा एकीकृत समाजवादीले नगरपालिका प्रमुख र गाउँपालिका अध्यक्ष गरी नौ जना, उपप्रमुख र उपाध्यक्ष गरी आठ उम्मेदवारी दर्ता गराएको छ । उनका अनुसार १६ वटै स्थानीय तहमा वडाअध्यक्षसहित सदस्यको मनोनयन दर्ता भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८५औँ मिनेटमा मेस्सीको पासमा एन्जो फर्नान्डेजको गोल: अर्जेन्टिनाले खेल १-१ को बराबरीमा ल्यायो
-
५५औँ मिनेटमा एन्थनी गोर्डनको गोल: अर्जेन्टिना विरुद्ध इङ्ग्ल्यान्डले लियो १-० को अग्रता
-
इङ्गल्यान्ड - अर्जेन्टिना महाभिडन्त: पहिलो हाफमा गोलरहित बराबरी
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण