मोरङबाट २ जना नक्कली डाक्टर पक्राउ
बुधबार, १४ वैशाख २०७९, १२ : ५४
मोरङबाट प्रहरीले दुई जना नक्कली डाक्टरलाई पक्राउ गरेको छ । क्लिनिक सञ्चालन गरेर ‘डाक्टर हुँ’ भन्दै उपचारको नाममा ठगेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पक्राउ पर्नेमा पथरी शनिश्चरे नगरपालिका–१ मा श्री राम पायल्स क्लिनिकका सञ्चालक भारत घर भएका २७ वर्षीय पर्सनजित बर्मन र सुन्दरहरैँचा नगरपालिका–३ गछियामा कल्पना आयुर्वेदिक क्लिनिकका सञ्चालक दार्जिलिङ घर भएका २९ वर्षीय सनोड मण्डल छन् ।
उनीहरूले चिकित्सा शिक्षा सम्बन्धी शैक्षिक योग्यता प्राप्त नगरेको र कानुन बमोजिम नेपाल मेडिकल काउन्सिलबाट ईजाजतपत्र प्राप्त नलिइकन क्लिनिक सञ्चालन गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । आरोपहरूलाई जिल्ला अदालतबाट ५ दिन म्याद लिएर जिल्ला प्रहरी कार्यालय मोरङले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण