बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

मोरङबाट २ जना नक्कली डाक्टर पक्राउ

बुधबार, १४ वैशाख २०७९, १२ : ५४
बुधबार, १४ वैशाख २०७९

मोरङबाट प्रहरीले दुई जना नक्कली डाक्टरलाई पक्राउ गरेको छ । क्लिनिक सञ्चालन गरेर ‘डाक्टर हुँ’ भन्दै उपचारको नाममा ठगेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पक्राउ पर्नेमा पथरी शनिश्चरे नगरपालिका–१ मा श्री राम पायल्स क्लिनिकका सञ्चालक भारत घर भएका  २७ वर्षीय पर्सनजित बर्मन र सुन्दरहरैँचा नगरपालिका–३ गछियामा कल्पना आयुर्वेदिक क्लिनिकका सञ्चालक दार्जिलिङ घर भएका २९ वर्षीय सनोड मण्डल छन् ।

उनीहरूले चिकित्सा शिक्षा सम्बन्धी शैक्षिक योग्यता प्राप्त नगरेको र कानुन बमोजिम नेपाल मेडिकल काउन्सिलबाट ईजाजतपत्र प्राप्त नलिइकन क्लिनिक सञ्चालन गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । आरोपहरूलाई जिल्ला अदालतबाट ५ दिन म्याद लिएर जिल्ला प्रहरी कार्यालय मोरङले अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप